मोदीको कालापानी भ्रमण कूटनीतिक मान्यता विपरीत : क्रान्तिकारी कम्युनिस्ट पार्टी
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको लिपुलेक, कालापानी, नाभी र गुन्जी क्षेत्रको भ्रमण कूटनीतिक मान्यता विपरीत रहेको बताएको छ ।
'भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कूटनीतिक मूल्य र मान्यता विपरीत नेपालको लिपुलेक, कालापानी, नाभी, गुन्जी क्षेत्रको भ्रमण गरेको समाचार नेपाली र भारतीय सञ्चार माध्यममा प्रकाशित भएका छन् । तीर्थाटनको बहाना बनाई एउटा देशको प्रधानमन्त्रीले अर्को देशको भूभागमा बिना जानकारी, बिना अनुमति भ्रमण गर्नु कूटनीतिक मान्यताको उल्लङ्घन मात्र होइन, यो हैकमवादी प्रवृत्तिको अभिव्यक्ति पनि हो' , सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वर्षौंदेखि सैन्य अखडा बनाइराखेको नेपालको भूभाग कालापानी क्षेत्रबाट तुरुन्तै आफ्ना सेना फिर्ता गर्न पनि सो पार्टीले भारतसमक्ष माग गरेको छ ।
विज्ञप्तिमा थप भनिएको छ– 'कूटनीतिक मर्यादा विपरीत गरिएको मोदीको भ्रमणबारे एक शब्द नबोल्नु, अतिक्रमित आफ्नो भूभाग फिर्ता लिन पहल नगर्नु, नक्सांकन गरिएका क्षेत्रहरूमा जनगणना नगर्नु र संसदबाट एकमतले अनुमोदित नक्सांकित क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा पत्राचार समेत नगर्नु भारतीय शासक वर्गप्रति नेपाल सरकारको लाचारीपन तथा भारत भक्तिको अभिव्यक्ति हो । हाम्रो पार्टी यसको तीव्र विरोध गर्दछ । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण