स्वर्णीम र मलाई हराउन बन्न खोजेको महागठबन्धनले कोशीमा सार्थकता पाएछ : रवि लामिछाने
शनिबार, २७ असोज २०८०, १२ : ०१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोशी प्रदेशमा नेकपा एमालेको सहयोगमा नेपाली कांग्रेसले मुख्यमन्त्री पाएपछि महागठबन्धनले सार्थकता पाएको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जालमार्फत लामिछानेले भनेका छन्– 'गत उपनिर्वाचनमा स्वर्णिम वाग्ले र मलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको 'महागठबन्धन'ले आज कोशीमा सार्थकता पाएछ। राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्।'
उनले आगामी निर्वाचनसम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै 'महागठबन्धन' गर्न र चुनाव चिन्ह पनि एउटै राख्न सुझाव दिएका छन् ।
लामिछाने लेख्छन्– 'ढिला नगरी 'महागठबन्धनवादी मोर्चा'को घोषणा सभाबारे पनि सुन्न पाइयोस् । उदेश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै, गन्तव्य एउटै भएपछि 'सटर' चाहिँ किन बेग्लाबेग्लै ?'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण