पाकिस्तानी क्रिकेटरका अगाडि ‘जय श्री राम’ को नारा, के भन्छन् भारतीय नेता ?
नयाँ दिल्ली । डीएमके नेता उदयनिधि स्टालिनले भारत–पाकिस्तान बिचको खेलमा पाकिस्तानी खेलाडीहरुका अगाडि ‘जय श्री राम’को नारा लगाइएको भिडियो शेयर गरेका छन् । यससँगै उनले भारतीय फ्यानहरुप्रति आफ्नो असन्तुष्टि पनि व्यक्त गरेका छन् ।
भिडियोमा पाकिस्तानी ब्याट्सम्यान मोहम्मद रिजवान आउट भएपछि प्याभिलियन फर्किएको देखिन्छ । त्यसैगरी पछाडिबाट केही व्यक्तिले ‘जय श्री राम’को नारा लगाएको सुनिन्छ ।
उदयनिधि स्टालिनले सामाजिक सञ्जालमा यो भिडियो पोस्ट गर्दै लेखेका छन्, ‘भारत आफ्नो खेल भावना र आतिथ्य को लागि परिचित छ। तर, अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पाकिस्तानी खेलाडीहरूलाई दिइएको व्यवहार अस्वीकार्य र नयाँ पतन हो। खेलकुद राष्ट्रहरू बिच एकताको शक्ति बन्नुपर्दछ र साँचो भ्रातृत्व प्रवर्द्धन गर्नुपर्दछ। यसलाई घृणा फैलाउन हतियारको रूपमा प्रयोग गर्नु निन्दनीय छ।’
विश्वकप क्रिकेटमा शनिबार भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको पाकिस्तानले १९१ रन मात्रै बनाउन सक्यो । जवाफमा भारतले ३१ औं ओभरमा तीन विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
India is renowned for its sportsmanship and hospitality. However, the treatment meted out to Pakistan players at Narendra Modi Stadium in Ahmedabad is unacceptable and a new low. Sports should be a unifying force between countries, fostering true brotherhood. Using it as a tool… pic.twitter.com/MJnPJsERyK
— Udhay (@Udhaystalin) October 14, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण