दुवै ओपनर आउट भएपछि लय गुमाएको श्रीलंकाले अस्ट्रेलियालाई दुई सय १० रनको लक्ष्य दियो
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको सोमबार खेलिएको खेलमा श्रीलंकाले अस्ट्रेलियालाई जितका लागि दुई सय १० रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको श्रीलंकाले ४३.३ ओभरमा अलआउट हुनुअघि दुई सय नौ रन बनाएको हो ।
जारी विश्वकपमा यी दुवै टोलीले आफ्नो तेस्रो खेल खेलिरहेका छन् । अघिल्लो दुवै खेलमा पराजय भोगेका श्रीलंका र अस्ट्रेलिया पहिलो जितको खोजीमा छन् । अस्ट्रेलियाविरुद्ध श्रीलंकाले गतिलो सुरुआत गरेको थियो ।
श्रीलंकाली टोलीका ओपनरद्वय पाथुम निसानका र कशुल परेराले उत्कृष्ट सुरुआत गरेका थिए । यी दुबैले ओपनिङ विकेटका लागि एक सय २५ रनको साझेदारी गरेका थिए । अस्ट्रेलियन बलरहरुको लगातारको आक्रमणलाई विफल तुल्याउँदै निसानकाले ६१ रन बनाएका थिए ।
उनले पहिलो विकेटका रुपमा पेभेलियन फर्किनुअघि ६७ बलको सामना गरी आठ चौका पनि हिर्काएका थिए । अर्का ओपनर परेराले पनि टोलीको खातामा ७८ रन थपे । उनले ८२ बलको सामना गरी १२ वटा चौका प्रहार गरे ।
यी दुवै ओपनर ब्याट्सम्यान एकपछि अर्को गर्दै पेभेलियन फर्किएका थिए । निसानका २१.४ र परेरा २६.२ ओभरमा आउट भएका थिए । परेरा आउट हुँदा श्रीलंकाली टोलीको कुल स्कोर एक सय ५७ रन थियो ।
त्यसपछि भने श्रीलंकाली टोलीले लगातार विकेट गुमाएको थियो । त्यसपछि श्रीलंकाली टोलीका कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्न सकेनन् । पाँचौं नम्बरका ब्याट्सम्यान चरिथ असालंकाले २५ रन बनाए ।
श्रीलंकाली टोलीका अन्य ब्याट्सम्यानले भने दोहोरो सँख्यामा रन बनाउन सकेनन् । श्रीलंकाली टोलीले अतिरिक्त रुपमा १३ रन पाएको थियो । अस्ट्रेलियन टोलीका बलर एडम जाम्पा एक्लैले चार विकेट लिए ।
मिचेल स्टार्क र प्याट कुमन्सिले पनि दुई—दुई विकेट हात पारे । ग्लेन म्याक्सवेलले एक विकेट लिए । अस्ट्रेलिया सर्वाधिक पाँचपटकको विश्वकप विजेता राष्ट्र हो भने श्रीलंकाले हालसम्म एकपटक विश्वकपको उपाधि उचालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण