श्रीलङ्काको नाटकीय पतनपछि अस्ट्रेलियाको पहिलो जीत
लखनउ । अस्ट्रेलियाले श्रीलङ्कालाई ५ विकेटले हराउँदै भारतमा जारी एकदिवसीय विश्वकपमा पहिलो जीत हासिल गरेको छ । श्रीलङ्काले प्रस्तुत गरेको २ सय १० रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेट गुमाएर ८८ बल अगावै पछ्यायो ।
अस्ट्रेलियाका लागि जोस इङ्लिसले सर्वाधिक ५८ रन को योगदान दिए । त्यस्तै ओपनर मिचेल मार्सले ५२ तथा मार्नस लाबुस्चेनले ४० रन बनाए ।
ग्लेन म्याक्सवेलले नटआउट रहँदै ३१ तथा मार्कस स्टोइनिसले पनि नटआउट रहेर २० रन बनाउँदै टोलीलाई जीतसम्म डोर्याए । । श्रीलङ्काका लागि दिल्सान मधुशंकाले ३ तथा दुनिथ वेललागेले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४३.३ ओभरमा सबै विकेट गुमाएर २०९ रन बनाएको थियो । ओपनर पाथुम निशांकाले ६१ तथा कुशल परेराले ७८ रन बनाउँदै श्रीलङ्कालाई उत्कृष्ट सुरुवात दिलाए पनि टोलीको नाटकीय पतन भएको थियो ।
दुई जनाले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । तर, त्यसपछि चारिथ अशलंकाले २५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अस्ट्रेलियाका लागि एडम जाम्पाले ४ तथा मिचेल स्टार्क र प्याट कमिन्सले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण