दक्षिण अफ्रिकाविरुद्ध नेदरल्याण्ड्सको ऐतिहासिक जीत
धर्मशाला । नेदरल्याण्ड्सले एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक जीत हासिल गरेको छ । मंगलबार धर्मशालामा भएको खेलमा नेदरल्याण्ड्स ३८ रनले विजयी बनेको हो । यसअघि गत टी–२० विश्वकपमा पनि नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएको थियो ।
वर्षाका कारण ४३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याण्ड्सले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले ४२.५ ओभरमा सबै विकेट गुमाएर २०७ रन मात्र बनाउन सक्यो । निकै कसिलो बलिङ गरेकोे नेदरल्याण्ड्सका लागि लोगन भान विकले ३ तथा पाउल भान मिकरेन, रोलफ भान डर मर्वे र बास डी लिडले २–२ विकेट लिँदै प्रतियोगितामा टोलीलाई पहिलो जीत दिलाए ।
दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ४३ रनको योगदान दिए । उनले चार चौका र १ छक्का हिर्काए । खेलको अन्त्यमा केशव महाराजले ५ चौका र एक छक्का हिर्काउँदै ४० रन बनाए । त्यस्तै, हेनरिच क्लासेनले २८ रन बनाए भने जेराल्ड कोट्जीले २२ तथा क्वीनटन डी ककले २० रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ८ विकेटको क्षतिमा २ सय ४५ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डस्ले सर्वाधिक ७८ रन बनाए । यस क्रममा उनले १० चौका र १ छक्का हिर्काए । रोलफ भान डर मर्वेले २९, अजय दत्तले २३ तथा तेजा निदामानुरुले २० रनको योगदान दिए ।
दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, मार्को जानसेन र कागिसो रबाडाले २–२ विकेट लिए भने जेराल्ड कोटजी र केशव महारजले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण