नेसपामा विवाद चर्किरहेका बेला अध्यक्षद्वयको दिल्ली दौड
काठमाडौँ । नेपाल समाजवादी पार्टीमा आन्तरिक विवाद चलिरहेका बेला सो पार्टीका अध्यक्षहरु आलोपालो दिल्ली दौडमा छन् । केही समय पहिले नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराई नयाँ दिल्ली गएर फर्केका छन् । उनी असोज ६ गते भारतबाट फर्केका थिए ।
उनी फर्केको २४ दिनपछि सो पार्टीका अर्का नेता महेन्द्रराय यादव दिल्ली पुगेका छन् । अध्यक्ष यादवको निजी सचिवालयले उनी स्वास्थ्य जाँचका लागि दिल्ली गएको बताएको छ । तर उनी राजनीतिक भेटघाटका लागि दिल्ली गएको स्रोतको दावी छ ।
अध्यक्ष भट्टराई दिल्लीमै भएका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष यादवलाई पार्टी एकतासम्बन्धी पत्र पठाएपछि पार्टीमा विवाद उत्पन्न भएको छ । अध्यक्ष भटट्राई दिल्लीबाट फर्केलगत्तै बसेको बैठकमा माओवादी केन्द्रसँग एकता हुने सम्भावना नरहेको कुरा राखेका थिए ।
तर यादवले बैठकमा एकीकरणप्रति माओवादी सकारात्मक रहेकाले एकता प्रकृया अगाडि बढाउनुपर्ने बताएका छन् । पार्टीभित्र विवाद बढेपछि नेसपाले केन्द्रीय समितिको बैठक बोलाएको छ । एकतालगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण