गण्डकीका मन्त्री र सांसदहरुले कति पाउँछन् दसैँ भत्ता ?
पोखरा । गण्डकी प्रदेशका मन्त्री र सांसद तथा तिनका स्वकीय सचिवहरुले दसैँ भत्ता बुझेका छन् । संसद सचिवालयका अनुसार प्रदेशसभाबाट सभामुख र उपसभामुखसहित ५३ सांसद र ५१ जना स्वकीय सचिवहरुको दसैँभत्ता उनीहरुको बैंक खातामा जम्मा गरिएको छ ।
केही स्वकीय सचिवहरु पछि नियुक्त गरिएका कारण ६ महिना पूरा भएपछि मात्रै दसैँ खर्च खातामा पठाइने उपसचिव प्रेम सुवेदीले जानकारी दिए । उनका अनुसार प्रदेशसभाबाट पारित भएको प्रदेशसभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमिकसम्बन्धि कानुनी स्केलका आधारमा एक महिनाको तलब बराबर चाडपर्व भत्ता दिइएको हो ।
गण्डकीका सभामुखलाई ६३ हजार ४ सय ८० मासिक तलब छ भने उपसभामुखलाई ६० हजार तलव छ । विपक्षी दलका नेताले पनि सोही अनुसार तलब पाउँछन् । दलका नेतालाई ५९ हजार ५ सय, उपनेतालाई ५८ हजार ८ सय ४० तलब छ ।
प्रमुख सचेतक र समितिका सभापतिले पनि सोही तलब पाउँछन् । दलका सचेतकलाई ५६ हजार ५ सय २० तथा सांसदहरुलाई ५४ हजार २ सय तलब तोकिएको छ । यसबाहेक अन्य सुविधाहरु पनि छ । तर दसैँमा भने मासिक पारिश्रमिक अनुसार नै भत्ता पाउँछन् ।
सभामुख र उपसभामुख सहित सांसदहरुले २९ लाख ७ हजार भत्ता बुझेका छन् । उनीहरुका स्वकीय सचिवको खातामा १७ लाख ३२ हजार निकासा गएको छ । यता मुख्यमन्त्रीसहित मन्त्री र उनीहरुका स्वकीय सचिवले पनि दसैँ बोनस पाएका छन् । मुख्यमन्त्रीले ७२ हजार ७ सय ३० र मन्त्रीहरुले ६२ हजार ३ सय २० मासिक तलब पाउँछन् ।
यसरी हिसाब गर्दा प्रदेश सरकार अन्तर्गत मुख्यमन्त्री र मन्त्रीहरुलाई मासिक ४ लाख ४६ हजार ६ सय ५० रुपैयाँ पारिश्रमिक दिनुपर्छ । मुख्यमन्त्रीलाई उपसचिव, अधिकृत र नासु तहका स्वकीय सचिवको सुविधा छ भने मन्त्रीहरुलाई अधिकृत र नासु तहका स्वकीय सचिव राख्न पाउने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण