कामना र नेपाल पेमेन्ट सोलुसनबिच रकमान्तर सेवाबारे सम्झौता
बुधबार, ०१ कात्तिक २०८०, २० : ५०
काठमाडौँ । कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेन्ट सोलुसनबिच अन्तर बैंक रकमान्तर सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौता बमोजिम कामना सेवा विकास बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैंकिङ एप भित्र रहेको इन्स्टा फन्ड ट्रान्सफरमार्फत अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर गर्दा सेवा शुल्क बापत मात्र रु.१ लाग्नेछ ।
यो योजना २०८० कार्तिक १ गतेदेखि लागु भई पुस मसान्तसम्म लागु हुने समेत बैंकले जनाएको छ । नेपाल पेमेन्ट सोलुसनले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई भुक्तानी सेवा प्रदायकको रूपमा सेवा प्रदान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण