कामना र नेपाल पेमेन्ट सोलुसनबिच रकमान्तर सेवाबारे सम्झौता
बुधबार, ०१ कात्तिक २०८०, २० : ५०

काठमाडौँ । कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेन्ट सोलुसनबिच अन्तर बैंक रकमान्तर सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौता बमोजिम कामना सेवा विकास बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैंकिङ एप भित्र रहेको इन्स्टा फन्ड ट्रान्सफरमार्फत अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर गर्दा सेवा शुल्क बापत मात्र रु.१ लाग्नेछ ।
यो योजना २०८० कार्तिक १ गतेदेखि लागु भई पुस मसान्तसम्म लागु हुने समेत बैंकले जनाएको छ । नेपाल पेमेन्ट सोलुसनले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई भुक्तानी सेवा प्रदायकको रूपमा सेवा प्रदान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप लिग २: नेपालको ऐतिहासिक जित, १ विकेटले स्कटल्याण्ड स्तब्ध
-
१२ बजे १२ समाचार: गृहमन्त्रीको राजीनामा बटमलाइनदेखि यातायात सञ्चालनबारे अझै अन्योल
-
सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच सहमति, तर बन्दबारे अझै अन्योल
-
फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै