०८४ मा कसैले गठबन्धन गरेर चुनाव लडौँ भन्यो भने कांग्रेस एक रहँदैन: महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ को निर्वाचनमा कुनै पनि हालतमा गठबन्धन नहुने बताएका छन् । ०८४ को निर्वाचनमा कसैले गठबन्धन गरेर चुनाव लडौँ भन्यो भने कांग्रेस एक नरहने उनले ठोकुवा गरे ।
नेपाल प्रेस युनियन काठमाडौँ शाखाले गौशालामा बिहिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री थापाले गत निर्वाचनमा गठबन्धन गरेर पहिलो पार्टी बने पनि सबैतिर कांग्रेसको रुवाबासी मात्रै रहेको उल्लेख गरे ।
निर्वाचनअघि गर्ने गठबन्धनले पार्टीलाई जरासम्म कुहाउने उनको भनाइ छ । महामन्त्री थापाले भने-' निर्वाचनअघिको गठबन्धन रणनीतिक हिसाबले ठिक होला, तर सैद्धान्तिक हिसाबले गठबन्धनको संस्कृति गलत छ । ०८० मा सबैतिर सरकारमा बसेको कांग्रेस ०८४ मा चुनाव हारिन्छ भनेर चिन्ता गरिरहेको छ, किन यस्तो भयो ? सरकारमा जाने मात्रै यति महत्त्वपूर्ण किन भइरहेको छ ?'
गत निर्वाचन पछि कांग्रेस ठुलो पार्टी बनेपछि सभापति शेरबहादुर देउवाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ भनेको र त्यो स्वाभाविक भएको भन्दै महामन्त्री थापाले सभापतिले गरेको विद्रोह भएको बताए । त्यतिवेला कांग्रेसको प्रस्ताव केपी ओलीले स्वीकारेको भए कांग्रेस एमालेको सरकार बन्ने सम्भावना रहेको पनि थापाले बताए ।
महामन्त्री थापाले सरकारको काम कारबाहीप्रति पनि असन्तुष्टि जनाए । अब कांग्रेसको नेतृत्वमा सरकार बन्ने हो भने २५ जना मन्त्री नै कांग्रेसकै बन्नुपर्ने र अर्कोको नेतृत्वमा सरकार बनेको बेला उसैको पार्टीलाई सम्पूर्ण रूपमा सरकार चलाउन दिनुपर्ने उनको भनाइ थियो ।
कोशी प्रकरणलाई सङ्केत गर्दै महामन्त्री थापाले देउवालाई भोट हालेर फोटो देखाउनेले नै अहिले विद्रोहको कुरा गरेको आरोप लगाए । संसदीय दलको निर्वाचनमा आफूले ३६ मत पाउने अवस्था रहेकोमा २५ मत मात्र पाएको र त्यस समयमा खुट्टा कमाएकाहरूले नै अहिले विद्रोहको कुरा गरेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण