मध्यपूर्वको स्थायित्वका लागि इजिप्टसँग काम गर्ने सिको भनाइ
बेइजिङ । चीनका राष्ट्रपति सि जिनपिङले इजिप्टका प्रधानमन्त्रीसँग बिहीबार मध्यपूर्वमा ‘अधिक स्थायित्व’ ल्याउन आफ्नो मुलुकले इजिप्टसँग मिलेर काम गर्ने अपेक्षा गरेको बताएका छन् ।
“चीन इजिप्टसँग सहयोग बढाउन तथा मध्यपूर्व र विश्वमा अधिक निश्चितता र स्थायित्व ल्याउन इच्छुक छ” बेइजिङमा राष्ट्रपति सिले इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीसँगको भेटमा भने ।
“चीन र इजिप्ट असल मित्र हुन् जसको लक्ष समान छ र एकआपसमा विश्वास गर्छन् । विकास र साझा समृद्धिका लागि हातमा हात मिलाएर काम गर्ने असल साझेदार हुन्” सिको भनाइ उद्धृत गर्दै सिसीटिभीले भनेको छ, “वर्तमानमा अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थिति गहिरो र जटिल परिवर्तनबाट गुज्रिरहेको छ र विश्वले एक शताब्दीदेखि नदेखिएको तीव्र परिवर्तनको अनुभव गरिरहेको छ ।”
सिले अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायका साथै विकासशील मुलुकहरूको समान हितको रक्षा गर्न बेइजिङ कायरोसँग मिलेर काम गर्न इच्छुक रहेको पनि बताए ।
इजराइल र हमासबीच यसै महिना युद्ध सुरु भएयता इजिप्टले गाजापट्टीसँगको आफ्नो सीमालाई प्राय बन्द गरेको छ । गाजामा मानवीय स्थिति लगातार दयनीय बन्दै गएको छ । तर कायरोले बिहीबार रफाह क्रसिङमार्फत मानवीय सहायताका लागि ‘दिगो’ मार्ग दिने बताएको छ ।
आगामी वर्षदेखि इजिप्ट उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्सको औपचारिक सदस्य बन्ने भएसँगै हालैका महिनामा चीन र इजिप्टबीचको सम्बन्ध मजबुत हुँदै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण