परराष्ट्र मन्त्रालयले भन्यो–गाजा अस्पतालमा भएको आक्रमणले सरकार स्तब्ध भयो
काठमाडौँ । नेपाल सरकारले गाजा क्षेत्रको अस्पतालमा भएको आक्रमणले गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गाजाको अस्पतालमा आक्रमण गरी नागरिकको ज्यान लिएको घटनाले सरकार स्तब्ध भएको बताएको हो ।
मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएको घटनामा नेपाल सरकार स्तब्ध भएको छ । अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौँ । साथै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’
यस्तै मन्त्रालयले सर्वसाधारण नागरिक विरुद्धको आक्रमणको बारेमा गम्भीर रूपमा चिन्तित बनाएको उल्लेख गरेको छ । सरकारले जस्तोसुकै परिस्थितिमा भएपनि नागरिकको सुरक्षा गर्न आह्वान गरेको छ । नेपाल शान्तिमा विश्वास गर्ने भन्दै सरकारले विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण