शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

परराष्ट्र मन्त्रालयले भन्यो–गाजा अस्पतालमा भएको आक्रमणले सरकार स्तब्ध भयो

बिहीबार, ०२ कात्तिक २०८०, १८ : ४०
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । नेपाल सरकारले गाजा क्षेत्रको अस्पतालमा भएको आक्रमणले गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गाजाको अस्पतालमा आक्रमण गरी नागरिकको ज्यान लिएको घटनाले सरकार स्तब्ध भएको बताएको हो ।  

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएको घटनामा नेपाल सरकार स्तब्ध भएको छ । अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौँ । साथै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’

यस्तै मन्त्रालयले सर्वसाधारण नागरिक विरुद्धको आक्रमणको बारेमा गम्भीर रूपमा चिन्तित बनाएको उल्लेख गरेको छ । सरकारले जस्तोसुकै परिस्थितिमा भएपनि नागरिकको सुरक्षा गर्न आह्वान गरेको छ । नेपाल शान्तिमा विश्वास गर्ने भन्दै सरकारले विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गरेको छ ।

p

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप