मूल्य कटौतीको असर, ४४ प्रतिशतले घट्यो टेस्लाको मुनाफा

क्यालिफोनिर्या । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाको मुनाफा अपेक्षा गरिएको भन्दा निकै निराशाजनक रहेको छ ।
कम्पनीले विक्री बढाउन अमेरिका र चीन समेत कयौँ बजारमा आफ्नो सवारी साधनको मूल्य घटाएको थियो । तर यसको असर सिधै कम्पनीको त्रैमासिक मुनाफामा देखिएको छ ।
सेप्टेम्बर ३० मा सकिएको त्रैमासमा कम्पनीले१ अर्ब ९० करोड डलर मात्रै खुद मुनाफा कमाएको छ । मुनाफाको यो आकार गत वर्षको सोही अवधिको तुलनामा ४४ प्रतिशत थोरै हो । त्यति बेला कम्पनीको मुनाफा ३ अर्ब ३० करोड डलर थियो । समीक्षा अवधिमा कम्पनीले २३ अर्ब ४० करोड डलरको विक्री गरेको छ । विक्रीको यो आकार गत वर्षको सोही अवधिको तुलनामा ९ प्रतिशत धेरै भएपनि वाल स्ट्रिटका विश्लेषकहरूले गरेको अनुमान भन्दा चाँहि कम हो ।
मुनाफालाई भन्दा बढी प्राथमिकता विक्रीलाई दिएर गएको वर्ष कम्पनीले अमेरिकामा आफ्ना कारको मूल्य २५ प्रतिशतले घटाएको थियो । मूल्य घटाएर पनि अमेरिकाको विद्युतीय कार बजारमा टेस्लाको हिस्सा बढ्न सकेन । पहिलो त्रैमासको ६० प्रतिशतबाट घटेर तेस्रो त्रैमासमा ५० प्रतिशतमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा महत्त्वपूर्ण भेटघाट
-
आईपीएल : कमिन्सको कसिलो बलिङ, १ सय ३३ रनमा रोकियो दिल्ली