मूल्य कटौतीको असर, ४४ प्रतिशतले घट्यो टेस्लाको मुनाफा
क्यालिफोनिर्या । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाको मुनाफा अपेक्षा गरिएको भन्दा निकै निराशाजनक रहेको छ ।
कम्पनीले विक्री बढाउन अमेरिका र चीन समेत कयौँ बजारमा आफ्नो सवारी साधनको मूल्य घटाएको थियो । तर यसको असर सिधै कम्पनीको त्रैमासिक मुनाफामा देखिएको छ ।
सेप्टेम्बर ३० मा सकिएको त्रैमासमा कम्पनीले१ अर्ब ९० करोड डलर मात्रै खुद मुनाफा कमाएको छ । मुनाफाको यो आकार गत वर्षको सोही अवधिको तुलनामा ४४ प्रतिशत थोरै हो । त्यति बेला कम्पनीको मुनाफा ३ अर्ब ३० करोड डलर थियो । समीक्षा अवधिमा कम्पनीले २३ अर्ब ४० करोड डलरको विक्री गरेको छ । विक्रीको यो आकार गत वर्षको सोही अवधिको तुलनामा ९ प्रतिशत धेरै भएपनि वाल स्ट्रिटका विश्लेषकहरूले गरेको अनुमान भन्दा चाँहि कम हो ।
मुनाफालाई भन्दा बढी प्राथमिकता विक्रीलाई दिएर गएको वर्ष कम्पनीले अमेरिकामा आफ्ना कारको मूल्य २५ प्रतिशतले घटाएको थियो । मूल्य घटाएर पनि अमेरिकाको विद्युतीय कार बजारमा टेस्लाको हिस्सा बढ्न सकेन । पहिलो त्रैमासको ६० प्रतिशतबाट घटेर तेस्रो त्रैमासमा ५० प्रतिशतमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण