शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विमानस्थलहरुमा सञ्चालित पसलको अध्ययन गर्न नौ सदस्य कमिटी गठन

बिहीबार, ०२ कात्तिक २०८०, १९ : २६
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थलहरुमा सञ्चालित पसलहरुको अध्ययन गर्न नौ सदस्य कमिटी गठन गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै कर्पोरेट निर्देशनालयका उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा नौ सदस्यीय कमिटी गठन गरिएको जानकारी दिएको हो । 

सो कमिटीले देशभरका विमानस्थलहरुमा सञ्चालित पसल/कबलहरुबाट बिक्री/वितरण गरिने बस्तु तथा उपलब्ध गराइने सेवाको बारेमा अध्ययन गरी १५ दिन भित्र महानिर्देशक समक्ष प्रतिवेदन पेस गर्नुपर्ने छ ।

विमानस्थलहरुमा सञ्चालित पसलहरुको बारेमा गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातील विमानस्थलको स्थलगत निरीक्षण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप