शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नबिल बैंकको दसैँ भिडियो सार्वजनिक

बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । युवाहरूको वैदेशिक आकर्षण चाहे त्यो शैक्षिक छात्रवृत्तिमा होस् या वैदेशिक रोजगारीका लागि होस्, यो बढ्दो क्रममा छ । पढ्न गएका सन्तान नेपाल फर्कँदैनन् कि भन्ने अभिभावकको मनस्थिति अहिले देखिन थालेको छ । छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म समेटेर नबिल बैंक लिमिटेडले एउटा सन्देशमूलक दसैँ भिडियो सार्वजनिक गरेको छ ।

विभिन्न समय परिस्थितिअनुसार देखिएको समस्यालाई सामना गर्ने गरी अभिप्रेरित गर्न र सामाजिक भावना दर्साउनका लागि भिडियो सामाग्री पस्कँदै आएको नबिल बैंकले बडादसैँको पूर्वसन्ध्यामा यो भिडियो सार्वजनिक गरेको हो । यस भिडियो मार्फत छात्रवृत्तिमा जानु वा वैदेशिक अध्ययनमा जानुको अर्थ विदेश पलायन भएको होइन भन्ने सन्देश समाज र अभिभावकलाई दिन खोजिएको छ । 

यस भिडियोमार्फत उच्च शिक्षा पश्चात् आफ्ना सन्तानहरू घर फर्किन्छन् र आफूले सिकेको ज्ञान र सीप प्रयोग गरेर यही देशको माटोमै केही गर्न प्रयास गर्नेछन् भन्ने आमाबुवाको आशालाई दर्साउन खोजिएको छ । साथै भिडियोले वैदेशिक अध्ययनको छात्रवृत्ति निस्कँदा अभिभावकमा आउने खुसी, समाजले गर्ने आशङ्का र सन्तानले बुझेको बुवाआमाको भावना पनि देखाउन खोजिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया