बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सेयर बजार

सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार

बुधबार, ०६ साउन २०८३, १५ : २७
बुधबार, ०६ साउन २०८३

सारांश

  • साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १३.९५ अङ्कको गिरावट आएको छ ।
  • आज कुल ३४६ कम्पनीका १ करोड १३ लाख ५४ हजार ७१२ कित्ता सेयर खरिदबिक्री भएका छन्, जसबाट कुल ५ अर्ब १८ करोड २९ लाख २९ हजार १५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
  • आज ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्यमा गिरावट आएको छ ।

काठमाडौँ । साताको तेस्राे कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ओरालो लागेको छ । आज नेप्से परिसूचक १३.९५ अङ्कले घटेर २७१२.५४ विन्दुमा ओर्लिएको छ ।

आज बजारमा कुल ३४६ कम्पनीका १ करोड १३ लाख ५४ हजार ७१२ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसबाट कुल ५ अर्ब १८ करोड २९ लाख २९ हजार १५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरूमध्ये ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आजको बजारमा एभरेस्ट कलरको सेयर मूल्यमा १४.९९ प्रतिशतको उछाल आएको छ । त्यस्तै, बुंगल हाइड्रोपावरको मूल्य १०.५० प्रतिशतले बढेको छ । अन्य धेरै कमाउने कम्पनीहरूमा सालपा विकास बैंक, पियोर इनर्जी र श्रीनगर एग्रोटेक रहेका छन् ।

समूहगत रूपमा आज फाइनान्स र म्यानुफ्याक्चरिङ बाहेक सबै समूहका सूचक घटेका छन् । ट्रेडिङ समूह २.६० प्रतिशतले घट्दा ननलाइफ इन्स्योरेन्स १.२६ प्रतिशतले घटेको छ । अरू समूहमा एक प्रतिशत भन्दा कम गिरावट भएको छ।

कारोबार रकमका आधारमा आज रिडी पावर कम्पनी शीर्ष स्थानमा रह्यो । यस कम्पनीको ४२ करोड २६ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, एनआरएन इन्फास्ट्रक्चरको २८ करोड १० लाख र रिलायन्स स्पिनिङ मिल्सको २६ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आँखुखोला जलविद्युत र नेशनल हाइड्रोपावर पनि उच्च कारोबार हुने सूचीमा परेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप