दसैँको तयारीमा कलाकार
काठमाडौँ । घटस्थापनादेखि नै कलाकर्मीलाई पनि दसैँको चटारो छ । किनमेलसँगै काम टुङ्ग्याएर दसैँ मनाउने योजनामा अधिकांश कलाकर्मी रहेका छन् । काम र कार्यक्रममा व्यस्त हुने कलाकर्मीले दसैँलाई भेटघाटको अवसरका रूपमा लिएका छन् ।
अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले दसैँलाई भेटघाटका रूपमा सदुपयोग गर्छन् । उहाँ यसपटक चलचित्र ‘पशुपति प्रसाद २ ः भष्मे डन’ को प्रदर्शनका कारण काठमाडौँमै दसैँ मनाउँदै छन् । तर अघिल्ला वर्षहरूमा उहाँ स्याङ्जा पुग्ने गर्थे । “मेरो लागि दसैँ साथीभाइसँगै आफन्तसँग भेट्ने चाड हो । बाल्यकालमा दक्षिणा र खानपानको लोभ हुन्थ्यो । अहिले भेट्ने र कुराकानी गर्ने लोभ हुन्छ”, अभिनेता लामिछानेले भने ।
अभिनेत्री केकी अधिकारी यसपटक चलचित्र ‘परदेशी २’ को प्रचार–प्रसारमै छिन् । उनी मोफसल भ्रमणमा रहेता पनि दसैँ काठमाडौँमा मनाउने तयारीमा छिन्। यद्यपि टीकाबाहेकका समयमा मिल्दासम्म दर्शकसँग चलचित्र भवनमा भेटघाट गर्ने उनको योजना छ । “मैले कलेज जीवनदेखि नै काम गरेकाले दसैँ भेटघाट र परिवारसँग बस्ने चाड भएका कारण मेरा लागि खास छ । केही वर्ष कोरोना र विविध कारणले परिवारलाई धेरै समय दिएकी थिएँ । यसपटक चलचित्रका परिवार र दर्शकसँग दसैँमा बढी हुनेछु । साथै ठूलासँग टीका लगाउने त छ नै”, अभिनेत्री अधिकारीले भनिन्।
अभिनेता विपीन कार्की यसपटक सुनसरीमा घर गएर दसैँ मनाउने तयारीमा छन् । उनको पात्र ‘भष्मे डन’ लाई लिएर तयार गरिएको ‘पशुपति प्रसाद २ ः भष्मे डन’ कै प्रचार–प्रसारमा व्यस्त भएपनि उनले घर पुग्ने बताए । उनले भने, “अहिले मिडियाकर्मीसँग भेटघाट भइरहेको छ । म टीका अगाडि नै घर पुगेर एकसाता बिताउने योजना छ । किनकि पूर्णिमालगत्तै नयाँ चलचित्र महाजात्राको छायाँङ्कनमा व्यस्त हुनेछु ।”
उनको दसैँसँग धेरै सम्झना जोडिएको छ । दसैँमा टीका लगाउने र दक्षिणालाई चलचित्र हेर्नमा प्रयोग गर्ने बाल्यकालको स्मरण उनको छ । “सानो छँदा दसैँकै आसपासमा खुट्टामा घुँडा तल अलिकति काटिएको थियो । दसैँमा मामाघर जाने र दक्षिण पाउने जोशमा साइकल चढेर पुगेँ । घर आएपछि खुट्टा सुनिएर हस्पिटल नै पुग्नुपरेको थियो । दसैँ मेरो लागि बाल्यकालदेखि नै खास छ”, अभिनेता कार्कीले भने।
हाँस्यकलाकार शिवशङ्कर रिजाल कार्यक्रमको दौडधुपलाई विश्राम दिएर दसैँ मनाउने तयारीमा छन् । नेपाल सांस्कृतिक महासङ्घको महामन्त्री भएकाले पनि जिल्ला अधिवेशनको दौडधुपबाट दसैँमा विश्राम मिल्ने उनले बताए ।
“मेरो दसैँ आमा र मामाको हातबाट टीका लगाएर हुने गरेको छ । म सम्भव भएसम्म आफूले मान्नुपर्ने अग्रजकहाँ पुगेर आशीर्वाद लिने गरेको छु । दसैँकै बेलामा पुख्र्यौली घर सर्लाही पनि पुग्नेछु”, हाँस्यकलाकार रिजालले भने ।
कलाकार पनि अन्यझैँ दसैँलाई आफन्त र साथीभाइसँग भेटघाट गरेर मनाउने तयारीमा छन् । दसैँ नहुने केही कलाकर्मीले घुमघामको योजना बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण