पहिलो दिनमै बक्स अफिसमा असफल बन्यो टाइगरको गणपत
शनिबार, ०४ कात्तिक २०८०, १७ : ४५
मुम्बई । टाइगर श्रौफको गणपत भर्खरै रिलिज भएको छ । तर यो फिल्मले बक्स अफिसमा खासै धमाका मच्चाउन सकेन । यो फिल्ममा उनी फेरि एक्शन अवतारमा देखिएका छन् । यो फिल्ममा कृति सेनन र अमिताभ बच्चन पनि छन् । तर फिल्मको कहानी र अभिनयले दर्शकलाई हलसम्म डोर्याउन सकेको छैन ।
गणपतले पहिलो दिनमा २ करोड ५० लाख भारुको मात्रै कारोबार गरेको छ । शुक्रबार फिल्मको हिन्दी भर्जनको कुल अकुपेन्सी ९ दशमलव ७२ प्रतिशत मात्रै थियो । यो टाइगरको अहिलेसम्मकै कम ओपनिङ भएको फिल्म हो ।
यस अघि रिलिज भएको हिरोपन्थी–२ को पहिलो दिनको कमाई ६ अर्ब ५० करोड भारु थियो । बागी ३ को कमाई भने १७ करोड भारु थियो । टाइगरको अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनर वार हो । ऋतिक रोशनको समेत भूमिका रहेको यो फिल्मले बक्स अफिसमा ५३ करोड ३५ लाख भारु कलेक्सन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण