राहत सामग्रीको पहिलो खेप गाजा पुग्दा खुसीयाली
गाजा । गाजा र इजिप्टलाई जोड्ने रफाह सीमा नाका आज सहायता सामग्री ढुवानीका लागि खोलिएको छ। राफा क्रसिङमा इजिप्टबाट राहत सामग्रीले भरिएको ट्रक गाजा प्रवेश गर्नेबित्तिकै त्यहाँ उभिएका स्वयंसेवकहरूले ताली बजाए र खुसी व्यक्त गरे।
हाल मात्र २० ट्रकलाई गाजा प्रवेश गर्न अनुमति दिइएको छ, जबकि विश्व खाद्य कार्यक्रम र अन्य मानवअधिकार संगठनहरूले गाजाको अवस्थासँग जुध्न दैनिक कम्तीमा १०० ट्रक राहत सामग्री आवश्यक पर्ने बताएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजाका अस्पतालहरूमा औषधिको आपूर्ति सुनिश्चित गर्न इजिप्ट र प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीसँग वार्ता गरिरहेको बताएको छ। थोरै ट्रकलाई मात्रै जाने अनुमति दिइएको र बाँकी ट्रक इजिप्टतर्फ अनुमतिको पर्खाइमा रहेको संस्थाले जनाएको छ ।
यी ट्रकमा १२ सय मानिसका लागि औषधि र अन्य आवश्यक सामग्री रहेको डब्लुएचओले जनाएको छ । तीमध्ये २ सय ३५ घाइतेका लागि पोर्टेबल ट्रमा ब्याग छन्। १५ सय जनालाई दीर्घरोगको औषधि र तीन लाख मानिसलाई तीन महिनाका लागि आधारभूत अत्यावश्यक औषधि उपलब्ध गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण