मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

दसैँमा पनि 'द क्लिफ' खुल्ने, स्वीङ र टेण्डम स्वीङ गर्नेलाई छुट

आइतबार, ०५ कात्तिक २०८०, १६ : ५०
आइतबार, ०५ कात्तिक २०८०

काठमाडौँ । एड्भेन्चर हब 'द क्लिफ' दसैँमा पनि बन्द नहुने भएको छ । दशैँमा घुम्न निस्कने पर्यटक र पढाइ तथा अन्य विभिन्न कामको सिलसिलामा टाढा रही दसैँको समयमा घर आएका स्थानीयलाई लक्षित गरी एड्भेन्चर गतिविधि साथै रिसोर्ट खुल्लै राखिएको द क्लिफ प्रमुख कार्यकारी अधिकृत ईश्वर कार्कीले जानकारी दिए ।

साथै दसैँको अवसरमा स्वीङ र टेण्डम (जोडी) स्वीङ खेल्नेले १० प्रतिशत छुटको पाउनेछन् । कम्पनीले दशैलाई लक्षित गरी छुटको घोषणा गरेको हो । कार्कीका अनुसार दसैँमा पीङ खेलिने भएर स्वीङमा छुट दिइएको हो । छुट अक्टोबर अन्तिमसम्म लागू हुनेछ ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यावसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप