दसैँमा पनि 'द क्लिफ' खुल्ने, स्वीङ र टेण्डम स्वीङ गर्नेलाई छुट
काठमाडौँ । एड्भेन्चर हब 'द क्लिफ' दसैँमा पनि बन्द नहुने भएको छ । दशैँमा घुम्न निस्कने पर्यटक र पढाइ तथा अन्य विभिन्न कामको सिलसिलामा टाढा रही दसैँको समयमा घर आएका स्थानीयलाई लक्षित गरी एड्भेन्चर गतिविधि साथै रिसोर्ट खुल्लै राखिएको द क्लिफ प्रमुख कार्यकारी अधिकृत ईश्वर कार्कीले जानकारी दिए ।
साथै दसैँको अवसरमा स्वीङ र टेण्डम (जोडी) स्वीङ खेल्नेले १० प्रतिशत छुटको पाउनेछन् । कम्पनीले दशैलाई लक्षित गरी छुटको घोषणा गरेको हो । कार्कीका अनुसार दसैँमा पीङ खेलिने भएर स्वीङमा छुट दिइएको हो । छुट अक्टोबर अन्तिमसम्म लागू हुनेछ ।
राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।
बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यावसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण