इंग्ल्याण्डका फास्ट बलर रिस टोपले विश्वकपबाट बाहिर
सोमबार, ०६ कात्तिक २०८०, १४ : २५
नयाँ दिल्ली । इंग्ल्याण्डका फास्ट बलर रिस टोपले औंलाको चोटका कारण विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएका छन् । इङ्ल्यान्ड-वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले आइतबार यो जानकारी दिएको हो।
टोलीमा बलर ब्रायडन कार्सले स्थान लिने बोर्डले जनाएको छ । शनिबार दक्षिण अफ्रिकाविरुद्धको इंग्ल्यान्डको खेलमा टोपलीले बायाँको औंला भाँचेका थिए, त्यसपछि उनले अब प्रतियोगिता खेल्न पाउने छैनन् ।
आइतवार जारी गरेको विज्ञप्तिमा ईसीबीले भनेको छ, ‘शनिबार दक्षिण अफ्रिकाविरुद्धको खेलमा तीव्र गतिका बलर रिस टोपलीको औँलामा भाँचिएको थियो, जसका कारण उनी विश्वकपका बाँकी खेल खेल्न सक्ने छैनन्।"
यस प्रतियोगितामा टोपलीले तीन खेलमा २२.८७ को औसतमा आठ विकेट लिएका थिए जसमा उनको उत्कृष्ट प्रदर्शन ४३ रनमा चार विकेट थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण