हमासबाट विदेशी बन्धकहरूलाई मुक्त गर्न पश्चिमी देशहरू के गर्दैछन्?
इजरायल–हमास द्वन्द्वमा पश्चिमा देशका नेताहरु इजरायलको पक्षमा उभिरहेका छन् भने अर्कोतिर उनीहरुले इजरायललाई जमिनी कारबाही अगाडि नबढउान पनि आग्रह गरिरहेका छन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति जो बाइडेनले इजरायललाई आफ्नो जमिनी कारबाही सुरु गर्न हतार नगर्न आग्रह गरेका छन् । मिडिया रिपोर्टका अनुसार यसो गर्नुको कारण हमासको कब्जामा २०० भन्दा बढी बन्धक रहेका छन्।
अमेरिका चाहन्छ कि ग्राउण्ड अपरेशनलाई ढिलाइ गरेर उनीहरूलाई थप समय मिलोस् र उनीहरूलाई वार्तामार्फत रिहा गर्न सकियोस्। यस ढिलाइको एउटा फाइदा यो हुनेछ कि अन्य देशका मानिसहरू गाजा छोड्न सक्षम हुनेछन् र मानवीय सहायता समयमै त्यहाँ पुग्नेछ।
शुक्रबार हमासको हिरासतबाट दुई अमेरिकी नागरिक रिहा भएपछि अपेक्षा निकै बढेको छ । कम्तीमा २० अमेरिकी नागरिक बेपत्ता रहेको बताइएको छ, जो हमासको हिरासतमा हुनसक्छन्। अ
मेरिका बाहेक नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटे इजरायल जाँदैछन् । उनीपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन आउन लागेका छन् । यी सबै नेताहरूले इजरायललाई यस्तै सुझाव दिने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण