झलक दिखला जा–११ मा मलाइका अरोराको पारिश्रमिक दैनिक ३० लाख भारु
मङ्गलबार, ०७ कात्तिक २०८०, ११ : ००

काठमाडौं । भारतीय सेलिब्रेटी रियालिटी शो ‘झलक दिखला जा’को नयाँ संस्करण आउँदैछ । यो शोको ११ औँ सिजन हुनेछ । यसमा फराह खान र मलाइका अरोरा जजका रूपमा देखिनेछन् । यस पटक अरशद वारसी पनि देखिँदैछन् ।
यो शोमा सबैभन्दा धेरै फिस मलाइकाले लिन्छिन् । उनले एक एपिसोडका लागि करिब १५ लाख भारु लिइरहेको बताइएको छ । एक दिनको सुटको लागि भने उनको फिस करिब ३० लाख भारु छ । शो करिब ३ महिनासम्म टेलिकाष्ट गर्ने सुरमा निर्माता छन् । अर्थात् यो शो पूरै जज गर्दा मलाइकाले ३ करोड ६० लाख भारु पाउनेछिन् ।
अरशद वारसीले भने प्रति एपिसोड ८ लाख भारु लिने बताइएको छ । फराह खानले प्रति एपिसोड ५ लाख भारु फिस लिइरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन