झलक दिखला जा–११ मा मलाइका अरोराको पारिश्रमिक दैनिक ३० लाख भारु
मङ्गलबार, ०७ कात्तिक २०८०, ११ : ००
काठमाडौं । भारतीय सेलिब्रेटी रियालिटी शो ‘झलक दिखला जा’को नयाँ संस्करण आउँदैछ । यो शोको ११ औँ सिजन हुनेछ । यसमा फराह खान र मलाइका अरोरा जजका रूपमा देखिनेछन् । यस पटक अरशद वारसी पनि देखिँदैछन् ।
यो शोमा सबैभन्दा धेरै फिस मलाइकाले लिन्छिन् । उनले एक एपिसोडका लागि करिब १५ लाख भारु लिइरहेको बताइएको छ । एक दिनको सुटको लागि भने उनको फिस करिब ३० लाख भारु छ । शो करिब ३ महिनासम्म टेलिकाष्ट गर्ने सुरमा निर्माता छन् । अर्थात् यो शो पूरै जज गर्दा मलाइकाले ३ करोड ६० लाख भारु पाउनेछिन् ।
अरशद वारसीले भने प्रति एपिसोड ८ लाख भारु लिने बताइएको छ । फराह खानले प्रति एपिसोड ५ लाख भारु फिस लिइरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण