बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दुई महिनामा साढे ३८ करोड रुपैयाँभन्दा बढीको यार्सागुम्बा निर्यात

बिहीबार, ०९ कात्तिक २०८०, १३ : ५६
बिहीबार, ०९ कात्तिक २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामा नेपालले साढे ३८ करोड रुपैयाँ बढीको यार्सागुम्बा निर्यात गरेको छ । साउन र भदौमा नेपालबाट कम्बोडिया, चीन, हङकङ, मलेसिया, सिंगापुर, भियतनाम लगायत मुलुकमा ३८ करोड ५९ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागका अनुसार सो रकम बराबरको ६ सय ७८ किलो यार्सागुम्बा निर्यात गरिएको हो । गत वर्ष सो समयावधिमा ३ सय १४ किलो यार्सागुम्बा निर्यात भएको थियो । सो यार्सागुम्बाबाट १९ करोड १७ लाख रुपैयाँ आम्दानी भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप