बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लागूऔषधसहित ६ जना पक्राउ

बिहीबार, ०९ कात्तिक २०८०, १६ : २५
बिहीबार, ०९ कात्तिक २०८०

काठमाडौँ । अवैध लागूऔषधसहित नेपाली प्रहरीले कैलाली र मोरङबाट ६ जनालाई पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका-१२ जुगेडा बस्ने २८ वर्षीय राकेश भट्ट, सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने ३४ वर्षीय अमिर खाती र २३ वर्षीय नरेश थापालाई अवैध लागूऔषध खैरो हेरोइन ३ सय ९० मिलिग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका-९ बङग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर ७ सय २० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-७ मनेहरा बस्ने २१ वर्षीय नरेश राना र सोही उपमहानगरपालिका-१७ पथरिया बस्ने १९ वर्षीय हितेश रानालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यता मोरङको केराबारी गाउँपालिका-८ आमजुगी बस्ने २२ वर्षीय मिलन बिकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्रामसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप