पश्चिमा प्रविधि कम्पनीलाई धमाधम घरेलु कम्पनीले विस्थापित गर्दै चीन
बेइजिङ । अमेरिकाले चीनतर्फ हाई–टेकको निर्यातमा एकपछि अर्को गर्दै कडाइ गरिरहेको छ । यस्तोमा चीनले पनि पश्चिमा प्रविधि कम्पनीहरूको विकल्पमा घरेलु कम्पनीहरूलाई उभ्याउन थालेको छ ।
सन् २०२२ को अन्त्यदेखि नै चीनले सरकारी बोलपत्र आह्वान, अनुसन्धान दस्ताबेज आदिमा यो प्रयास गरेको स्पष्ट देखिएको छ । सरकारी कम्पनी, निकाय र सेनाको तर्फबाट जारी बोलपत्र आह्वानमा प्रविधिको स्थानीयकरणको माग ह्वात्तै बढेको छ । सन् २०२२ को सेप्टेम्बरयता विदेशी हार्डवेयर र सफ्टवेयरलाई विस्थापित गर्न कूल १ खर्ब ९१ अर्ब डलर बराबरको बोलपत्र दिइएको छ ।
सरकारी कम्पनीहरूलाई घरेलु अफिस सफ्टवेयर प्रयोग गर्न सन् २०२७ सम्मको समय सीमा दिइएको छ । डिजिटल भुक्तानी जस्ता संवेदनशील विषयहरूमा विशेष चासो दिइएको छ । अमेरिकासँग तनाव चर्किँदै जाँदा साइबर आक्रमण बढ्ने अनि भूराजनीतिक कारणहरूले पनि चीनले यस्तो पहल बढाइरहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण