बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिमा प्रविधि कम्पनीलाई धमाधम घरेलु कम्पनीले विस्थापित गर्दै चीन

आइतबार, १२ कात्तिक २०८०, १४ : ११
आइतबार, १२ कात्तिक २०८०

बेइजिङ । अमेरिकाले चीनतर्फ हाई–टेकको निर्यातमा एकपछि अर्को गर्दै कडाइ गरिरहेको छ । यस्तोमा चीनले पनि पश्चिमा प्रविधि कम्पनीहरूको विकल्पमा घरेलु कम्पनीहरूलाई उभ्याउन थालेको छ ।

सन् २०२२ को अन्त्यदेखि नै चीनले सरकारी बोलपत्र आह्वान, अनुसन्धान दस्ताबेज आदिमा यो प्रयास गरेको स्पष्ट देखिएको छ । सरकारी कम्पनी, निकाय र सेनाको तर्फबाट जारी बोलपत्र आह्वानमा प्रविधिको स्थानीयकरणको माग ह्वात्तै बढेको छ । सन् २०२२ को सेप्टेम्बरयता विदेशी हार्डवेयर र सफ्टवेयरलाई विस्थापित गर्न कूल १ खर्ब ९१ अर्ब डलर बराबरको बोलपत्र दिइएको छ ।

सरकारी कम्पनीहरूलाई घरेलु अफिस सफ्टवेयर प्रयोग गर्न सन् २०२७ सम्मको समय सीमा दिइएको छ । डिजिटल भुक्तानी जस्ता संवेदनशील विषयहरूमा विशेष चासो दिइएको छ । अमेरिकासँग तनाव चर्किँदै जाँदा साइबर आक्रमण बढ्ने अनि भूराजनीतिक कारणहरूले पनि चीनले यस्तो पहल बढाइरहेको बुझिएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप