राष्ट्रपति पौडेलसँग राष्ट्रसंघका महासचिव गुटरेसद्वारा शिष्टाचार भेटवार्ता
काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
आइतबार महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति पौडेलसँग शितल निवासमा शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटवार्तामा महासचिव गुटरेस र राष्ट्रपति पौडेलबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको बताइएको छ ।
सो अवसरमा राष्ट्रपति पौडेलले लामो समयदेखि नेपालको विकास साझेदारको रुपमा संयुक्त राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकता तथा महत्वमा राखेको बताउँदै राष्ट्रसंघ तथा यस अन्तर्गतका विशिष्टिकृत एजेन्सी, कोष तथा कार्यक्रमले नेपालको आर्थिक, सामाजिक तथा दिगो विकास लक्ष्य प्राप्तिमा पुर्याएको निरन्तर सहयोग र योगदानका लागि महासचिव गुटरेसलाई धन्यवाद समेत दिएका छन् ।
त्यसअघि महासचिव गुटरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण