इजरायली सेनामाथि बन्धकहरूलाई सुरक्षित फिर्ता ल्याउन दबाब बढ्यो, परिवारहरू तेल अभिभको सडकमा
तेल अभिभ । एकातिर इजरायली सेनाले गाजामा आफ्नो भूमिगत अभियानलाई विस्तार गरिरहेको छ भने अर्कोतर्फ हमासले बन्धक बनाएका व्यक्तिका परिवारले बढ्दो आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन् । शनिबार तेल अभिभमा बन्धकहरूका आफन्तहरूले सुरक्षित फिर्ताको माग गर्दै प्रदर्शन गरेका थिए।
यसअघि बन्धकका आफन्तले प्रधानमन्त्री नेतन्याहुलाई भेट्न माग गरेका थिए । बढ्दो घरेलु दबाबको बीचमा, इजरायल रक्षा बलका प्रवक्ता ड्यानियल हगारीले बन्धकहरूलाई फिर्ता ल्याउने सेनाको पहिलो प्राथमिकता रहेको बताएका छन् । उनले २३० जना बन्धक रहेको जानकारी दिए ।
यसअघि अधिकारीहरूले गाजामा हमासले २२९ जनालाई बन्धक बनाएको बताएका थिए। ड्यानियल हगारीले भने, ‘हामी बन्धकहरूलाई फिर्ता ल्याउन हरसम्भव कदम चालिरहेका छौँ र यो उच्च प्राथमिकता हो। सेनाका सिपाहीहरू रणभूमिमा पनि यसका लागि लडिरहेका छन् ।’ यसैबीच इजरायली राष्ट्रपति इसाक हर्जोगले बन्धकका परिवारलाई भेट्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण