सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भोटेकोशीमा हामफालेका व्यक्ति खोज्न सशस्त्रको गोताखोर परिचालन

सोमबार, १३ कात्तिक २०८०, १६ : ०४
सोमबार, १३ कात्तिक २०८०

काठमाडौँ । रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–५ रोङ्गास्थित भोटेकोशीमा हामफालेका पुरुषलाई खोज्न गोताखोर परिचालन गरिएको छ । कात्तिक ८ मा ४२ वर्षीय छिरिङ्ग तामाङ भोटेकोशीमा हाम फालेर बेपत्ता भएका हुन् ।

छिरिङकाे खोजीमा गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । खोजीका लागि सोमबार सशस्त्र प्रहरी नम्बर–२० विपद् उद्दार उपत्यका गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ९ जना गोताखोर सहितको टिम खटाइएको डिएसपी थापाले जानकारी दिए ।

कात्तिक ७ मा सामान्य विवादमा सोही ठाउँ बस्ने ६३ वर्षीय फुर्पु छिरिङ्ग तामाङलाई कुटपिट गरेपछि  प्रहरीले उनलाई सोधपुछका लागी नियन्त्रणमा लिएको थियो । प्रहरी चौकी थुनमबाट खटिएका प्रहरीले मोटरसाइकल पछाडी राखेर कार्यालयमा ल्याउँदै गर्दा मोटरसाइकलबाट भागेर उनी भोटेकोशीमा हामफालेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप