भोटेकोशीमा हामफालेका व्यक्ति खोज्न सशस्त्रको गोताखोर परिचालन
काठमाडौँ । रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–५ रोङ्गास्थित भोटेकोशीमा हामफालेका पुरुषलाई खोज्न गोताखोर परिचालन गरिएको छ । कात्तिक ८ मा ४२ वर्षीय छिरिङ्ग तामाङ भोटेकोशीमा हाम फालेर बेपत्ता भएका हुन् ।
छिरिङकाे खोजीमा गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । खोजीका लागि सोमबार सशस्त्र प्रहरी नम्बर–२० विपद् उद्दार उपत्यका गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ९ जना गोताखोर सहितको टिम खटाइएको डिएसपी थापाले जानकारी दिए ।
कात्तिक ७ मा सामान्य विवादमा सोही ठाउँ बस्ने ६३ वर्षीय फुर्पु छिरिङ्ग तामाङलाई कुटपिट गरेपछि प्रहरीले उनलाई सोधपुछका लागी नियन्त्रणमा लिएको थियो । प्रहरी चौकी थुनमबाट खटिएका प्रहरीले मोटरसाइकल पछाडी राखेर कार्यालयमा ल्याउँदै गर्दा मोटरसाइकलबाट भागेर उनी भोटेकोशीमा हामफालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण