महासचिव गुटरेस शिव मूर्ति हेर्न पुम्दीकोटमा
सोमबार, १३ कात्तिक २०८०, १७ : १९
पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पोखरा २२ स्थित पुम्दीभुम्दीमा रहेको महादेवको विशाल मूर्ति अवलोकन गरेका छन् । सवा २ बजे नेपाली सेनाको जहाजबाट पोखरा अवतरण गरेका उनी केहीबेर होटलमा आराम गरेपछि पुम्दीकोट उक्लिएका हुन् ।
पोखराका मेयर धनराज आचार्य, सुरक्षा प्रमुखको टोली सहित उनी पुम्दीकोट पुगेका थिए । गुटरेसले पोखराको प्राकृतिक सुन्दरताको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनी मंगलबार विहानै हेलिकोप्टरमार्फत अन्नपूर्ण बेसक्याम्प पुग्नेछन् ।
केही समय स्थानीयसँग कुराकानी गरेपछि पोखरा फर्किएर लुम्बिनी जाने कार्यक्रम छ । उनले लुम्बिनी जानुअघि पोखरामा पत्रकारसँग कुराकानी गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण