महासचिव गुटरेस शिव मूर्ति हेर्न पुम्दीकोटमा
सोमबार, १३ कात्तिक २०८०, १७ : १९

पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पोखरा २२ स्थित पुम्दीभुम्दीमा रहेको महादेवको विशाल मूर्ति अवलोकन गरेका छन् । सवा २ बजे नेपाली सेनाको जहाजबाट पोखरा अवतरण गरेका उनी केहीबेर होटलमा आराम गरेपछि पुम्दीकोट उक्लिएका हुन् ।
पोखराका मेयर धनराज आचार्य, सुरक्षा प्रमुखको टोली सहित उनी पुम्दीकोट पुगेका थिए । गुटरेसले पोखराको प्राकृतिक सुन्दरताको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनी मंगलबार विहानै हेलिकोप्टरमार्फत अन्नपूर्ण बेसक्याम्प पुग्नेछन् ।
केही समय स्थानीयसँग कुराकानी गरेपछि पोखरा फर्किएर लुम्बिनी जाने कार्यक्रम छ । उनले लुम्बिनी जानुअघि पोखरामा पत्रकारसँग कुराकानी गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स