अन्नपूर्ण बेसक्याम्प पुगेका गुटेरेसलाई स्थानीयले सुनाए समस्या
पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान अन्नपूर्ण बेसक्याम्प पुगे । जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अनुभव गर्न र स्थानीयसँग कुरा गर्नका लागि उनी बेसक्याम्प पुगेका थिए ।
पौने घण्टा बेसक्याम्पमा रहँदा उनले स्थानीयसँग जलवायु परिवर्तनको असरबारे अनुभव सोधेका थिए । सो क्रममा स्थानीयले आफूहरूले भोगेका समस्या गुटेरेसलाई सुनाएका थिए ।
गाउँपालिकाका अध्यक्ष विष्णु केसीले जलवायु परिवर्तनका समग्र असरबारे जानकारी गराएका थिए भने वडाध्यक्ष हिमबहादुर गुरुङले सानोमा खर्कमा पशु चराउन जाँदाको अनुभव सुनाएका थिए ।
कार्यक्रममा महासचिव गुटेरेसले विकसित देशका कारण जलवायु परिवर्तन भएको बताए । नेपालको समस्याबारे अन्तर्राष्ट्रिय फोरममा कुरा उठाउने पनि उनले बताए ।
'अहिले तपाईंहरुले भोग्नुभएको समस्या नेपालका कारणले सिर्जना भएको होइन । विकसित देशका कारण भएको हो', उनलाई उद्धृत गर्दै अन्नपूर्ण ११ का वडाध्यक्ष गुरुङले भने, 'म यो समस्याको बारेमा अन्तर्राष्ट्रिय फोरममा कुरा उठाउँछु ।'
अन्नपूर्ण बेस क्याम्पबाट पोखरा फर्किएका महासचिव गुटेरेस अहिले केही बेरमा लुम्बिनी प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै गुटेरेसले लुम्बिनीको भ्रमण गर्नेछन् ।
उनले आजै संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण