राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमण
दुई घण्टा ढिला गरी लुम्बिनी पुगे महासचिव गुटरेस
मङ्गलबार, १४ कात्तिक २०८०, ११ : ३३
बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटरेस आज लुम्बिनी आएका छन्। अन्नपूर्ण बेस क्याम्पको भ्रमणपछि उनी लुम्बिनी आएका हुन् ।
उनलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पर्यटन मन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका छन् । गुटरेस पूर्वनिर्धारित समयभन्दा २ घण्टा ढिलो गरी बुद्धको जन्मस्थल लुम्बिनी आएका हुन् ।
_2awiLtAAzl.jpg)
लुम्बिनी विकास कोषका अनुसार महासचिव गुटरेसले लुम्बिनीमा झन्डै डेढ घण्टा बिताउने छन्। गुटरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरूको निरीक्षणपछि पिपलको रुखमुनि छोटोमा स्वागत गर्ने कार्यक्रम राखिएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासन अधिकृत ज्ञानिन राईले राताेपाटीलाई बताए ।
_DLUt5cpTyq.jpg)
_VANPr1lYHO.jpg)
_xFzuNrn7ST.jpg)
_CKvAGVzF7z.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण