राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमण
दुई घण्टा ढिला गरी लुम्बिनी पुगे महासचिव गुटरेस
मङ्गलबार, १४ कात्तिक २०८०, ११ : ३३

बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटरेस आज लुम्बिनी आएका छन्। अन्नपूर्ण बेस क्याम्पको भ्रमणपछि उनी लुम्बिनी आएका हुन् ।
उनलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पर्यटन मन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका छन् । गुटरेस पूर्वनिर्धारित समयभन्दा २ घण्टा ढिलो गरी बुद्धको जन्मस्थल लुम्बिनी आएका हुन् ।
लुम्बिनी विकास कोषका अनुसार महासचिव गुटरेसले लुम्बिनीमा झन्डै डेढ घण्टा बिताउने छन्। गुटरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरूको निरीक्षणपछि पिपलको रुखमुनि छोटोमा स्वागत गर्ने कार्यक्रम राखिएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासन अधिकृत ज्ञानिन राईले राताेपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल पर्यटकको रोजाइमा
-
सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालद्वारा सगरमाथाको सफल आरोहण
-
कोशी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै
-
कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने
-
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीको आन्दोलन स्थगित, पाँच बुँदे सहमति
-
कम्युनिस्ट पार्टीमा सामूहिक र संस्थागत आर्थिक प्रणाली आवश्यक