संसद्मा महासचिव गुटरेस : नेपालबाट धेरै कुरा सिकेर जाँदैछु

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपाललाई जलवायु परिवर्तनविरुद्ध नेपालको संघर्ष र यहाँको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले नेपालबाट आफूले धरै कुरा सिकेर जान लागेको बताएका हुन् ।
सम्बोधनमा महासचिव गुटरेसले नेपाल सरकार र नेपाली जनतालाई आत्मीय स्वागतका लागि धन्यवाद दिए । उनले भने, ‘मेरो केही दिनको बसाइँमा मैले धेरै कुरा सिकेँ । त्यो सिकेको कुरा लिएर जलवायु परिवर्तनमा तपाईंहरुको संघर्षलाई र यहाँको विकासका लागि सहयोग गर्नेछु ।’ गुटरेसले नेपालले लैङ्गिक समानतामा हासिल गरेको प्रगतिको प्रशंसा गरे ।
उनले हिमालयको मनोरम दृश्य, यहाँको न्यानो आतिथ्य, सांस्कृतिक विविधता आफूलाई सधैँ याद रहेन बताए । उनले विश्वमा तनाव बढिरहेको बेला यो भेट भइरहेको बताउँदै गरिबी निवारण र भोकमरी विरुद्ध गरिएको दशकौँ लामो संघर्षलाई उल्टाउने काम भइरहेकोमा चिन्ता व्यक्त गरे ।
उनले इजरायल र हमासबिचको द्वन्द्व हजारौँ माइल टाढा भएपनि नेपाल यसबाट प्रभावित भएको जिकिर गरे । उनले हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारहरूप्रति समवेदना प्रकट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स