इजरायल–हमास युद्धमा यमनको हूती विद्रोहीको ‘इन्ट्री’ – मिसाइल प्रहार, हमला जारी राख्ने
यमन । हमासविरुद्धको कारबाही अन्त्य नगरे इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण जारी राख्ने यमनको इरानसमर्थित हूती विद्रोहीले चेतावनी दिएको छ । विद्रोहीहरूले ‘अल–मसीराह टिभी’ मा आफ्नो बयान जारी गरेका हुन् ।
बयानमा भनिएको छ, ‘यमनको सशस्त्र सेनाले इजरायलमा तबसम्म मिसाइल र ड्रोन हमला जारी राख्नेछ जबसम्म उसले हमासविरुद्धको आक्रमण बन्द गर्दैन ।’
बयानमा हूती विद्रोहीहरूले मंगलबार इजरायलतर्फ ठुलो सङ्ख्यामा मिसाइल आक्रमण गरेको दाबी गरेको छ ।
यसअघि इजरायलको सेनाले ‘शत्रुको विमान घुसपैठ’ भएका कारण लाल सागरको इलतमा साइरन बजाइएको बताएको थियो । पछि सेनाको एक बयानमा इजरायली क्षेत्रतर्फ प्रहार गरिएको मिसाइल नष्ट गरिएको जनाएको थियो । ‘सबै हवाई खतरालाई इजरायली क्षेत्रभन्दा बाहिर नै रोकिएको थियो,’ सेनाले भन्यो । पेन्टागनका प्रवक्ता ब्रिगेडर जनरल ब्रिगेडियर जनरल प्याट राइडर यसको पुष्टि गर्दै इजरायलका हूती विद्रोहीको तर्फबाट प्रहार गरिएको मिसाइललाई खसालेको थियो ।
हूती विद्रोहीहरूले सन् २०१४ मा यमनको राजधानीमा कब्जा गरेका थिए । अहिले पनि देशको ठुलो हिस्सा उनीहरूको नियन्त्रणमा रहेको छ । हूती विद्रोहीहरूले यमन युद्धका बेला साउदी अरब र यूएईमाथि पनि हमला गरिसकेका छन् ।
हूती विद्रोहीको घोषणापछि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले भने, ‘यदि कसैले यो संघर्षमा सामेल हुने सोचिरहेको छ भने उसले त्यसो गर्नुहुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण