बालकथा : चिन्टु र मिन्टु
तिहार पर्वमा कुकुरको पूजा गर्ने गरिएको त भाइबहिनीहरूलाई पनि थाहै हुनुपर्छ । तिमीहरू आफैँले पनि गर्ने गरेका होला तर उनीहरूको पूजा किन गरिएको हो भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ । यदि त्यसो हो भने आऊ तलको कथा पढौँ । त्यसपछि स्वतः यसबारे प्रष्ट हुनेछौ ।
धेरै पहिलेको कुरा हो । एउटा गाउँमा चिन्टु नाम गरेको सानो बालक थियो । उसको घरमा मिन्टु नाम गरेको कुकुर थियो । चिन्टु र मिन्टुको बीचमा राम्रो दोस्ती थियो । सँगै खेल्थे, सँगै बस्थे, सँगै खान्थे । चिन्टुको घरमा मीठो माया पाएर मिन्टु जति मख्ख थियो । मिन्टुको साथ पाएर चिन्टु पनि उत्तिकै खुसी थियो । खाँदा पनि सँगै हुन्थे सुत्दा पनि सँगै हुन्थे । यस बाहेक मिन्टुलो चिन्टुको काममा सहयोग पु¥याउने गरेको पनि थियो ।
चिन्टुले खेल्दै जाँदा बल केही टाडा पुग्यो भने मिन्टु दौडिएर जान्थ्यो र मुखले बल टिपेर ल्याएर चिन्टुको हातमा दिन्थ्यो । खाना खाने बेला यदाकदा चिन्टुको हातबाट चम्चा भुइँमा खस्ने गर्थ्यो तर मिन्टु भने भुइँमा झर्न नपाउँदै आफ्ना तिखा दाँतले टिपेर चिन्टुलाई दिने गर्थ्यो । चिन्टु स्कुल जाने बेला भएको ऊ पहिले नै थाहा पाउँथ्यो र उसका जुत्ता, मोजा, बोतल तथा स्कुले झोला घिसार्दै ल्याएर हातमा थमाउने गर्थ्यो । उसलाई स्कुल जाँदा पनि ढोकासम्म पु¥याउन जान्थ्यो र धेरै बेरसम्म ढोकामा उभिएर हेरिरहन्थ्यो ।
चिन्टु स्कुलबाट आउने बेला भएको पनि मिन्टु पहिले नै थाहा पाउँथ्यो र स्वागतका लागि केही समय अघि नै ढोकामा गएर पर्खने गर्थ्यो । जब चिन्टु गाडीबाट ओर्लन्थ्यो तब उसलाई डो¥याउँदै ल्याएर घरभित्र पु¥याउने गर्थ्यो ।
मिन्टुको अर्को विशेषता पनि थियो । त्यो भनेको घरको देखभाल गर्नु हो । घरपरिवारको अनुमति विना कसैलाई पनि भित्र छिर्न दिँदैनथ्यो । छिसिक्क सानो आवाज आउनासाथ भुकेर घरका मानिसर्लाइ खबर दिने गर्थ्यो । जब घरका मानिसले भित्र आउने अनुमति दिन्थे तब मात्र आगन्तुकलाई आउन दिन्थ्यो । कुनै अपरिचित मानिस आए भने घरकाले चुप लाग नभनुन्जेल भुकिरहन्थ्यो । जब घरपरिवारले चुप लाग भन्थे तब मात्र चुपचाप लागी नजिकै बसेर उनीहरूको मुख हेरिरहन्थ्यो ।
चिन्टु र मिन्टुको दोस्ती देखेर घरमा सबै खुसी थिए । मिन्टु चिन्टुलाई जति माया गर्थ्यो चिन्टु पनि उत्तिकै माया गर्थ्यो । आफ्नै हातले नुहाइदिन्थ्यो, उसको शरीर सुमसुम्याउँथ्यो, खाना खुवाउने गर्थ्यो ।
मिन्टुले घरका सबै मानिसलाई रिझाएको थियो । कहिले घरको चौकीदारीको काम गर्थ्यो कहिले घरका नोकरले गर्ने काम गरिदिन्थ्यो । चिन्टुको आमा जब घरको छतमा कुनै खाने चीज सुकाउन जान्थिन् तब मिन्टु देखभाल गरेर बस्थ्यो । कुनै पनि काग वा अन्य चराचुरुङ्गीलाई त्यहाँसम्म ढिम्कनै दिँदैनथ्यो । चिन्टु जब बजार जान्थ्यो तब मिन्टु पनि पछिपछि लाग्थ्यो र ज्यानकै बाजी लगाएर गल्लीका भुस्याहा कुकुरहरूका आक्रमणबाट उसलाई बचाउने गर्थ्यो ।
यत्तिकैमा एक दिन चिन्टु बगैँचामा खेलिरहेको थियो । अचानक एउटा खतर्नाक गोगन साँप देखा प¥यो । खेल्नमा व्यस्थ भएकाले चिन्टुले त्यसलाई देखेन तर मिन्टुले भने परैबाट देख्यो र भुकेर चिन्टुलाई सतर्क गराउने प्रयास ग¥यो । तथापि दुर्भाग्यको कुरा चिन्टुले सुनेन र साँपको जनिकै पुग्यो । जब साँपले टोक्ने निश्चित भएको देख्यो तब मिन्टुले उफ्रेर गई साँपलाई मुखले टोकेर अन्तै हुत्याइदियो तर भइदियो के भने ठीक त्यति नै बेला साँपले उसको मुखमै टोकिदिएकाले उसले चुइकसम्म गर्न नपाई उसको प्राणपखेरु उड्यो । जब मिन्टुले आफू मरेर भए पनि आपूmलाई बचाएको थाहा पायो तब चिन्टुलाई ठूलो चिन्ता प¥यो । उसले आफ्नै हातले मिन्टुको सदगत ग¥यो र तीन दिनसम्म उसकै सम्झनामा शोक बारेर बस्यो ।
अब त भाइ बहिनीहरूले पनि थाहा पायौ होला होइन कुकुर कति बढी मानव जातिको हितैषी प्राणी रहेछ भन्ने कुरा ? यो कथा मिन्टुको मात्र होइन सबै कुकुर जातिको हो । हरेक कुकुरले यसैगरी आफ्नो मालिकको हेरविचार गर्ने र्छ । त्यसैले मानिसले पनि वर्षको एकपटक कुकुर तिहार मनाएर उनीहरूको सम्मान गर्ने गरेका हुन् । यसको अर्थ वर्षको एकपटक उनीहरूको तिहार मनाएर अघिपछि जे गरे पनि हुन्छ भन्ने होइन । अपितु जसरी कुकुरले सँधैभरी मानिसको हेरविचार गर्छ त्यसैगरी मानिसले पनि उनीहरूको हेरविचार गर्नुपर्छ भन्ने हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण