बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

डब्लुएचओ क्षेत्रीय निर्देशक पदमा आचार्य र वाजेद प्रतिस्पर्धा गर्दै

बुधबार, १५ कात्तिक २०८०, ११ : ३४
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ  । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको चुनाव आजदेखि हुँदैछ । भारतको नयाँ दिल्लीमा क्षेत्रीय निर्देशक पदका लागि नेपाल र बंगलादेशका उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपालका तर्फबाट डब्लूएचओमा कार्यरत शम्भुप्रसाद आचार्य र बंगलादेशबाट साइमा वाजेदले प्रतिस्पर्धा गर्दैछन् । वाजेद बंगलादेशका प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् ।

डब्लुएचओ सेरोमा नेपालसहित ११ सदस्यीय राष्ट्र रहेका छन् । जसमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, मालदिभ्स, उत्तरकोरिया, इन्डोनेसिया, श्रीलंका, थाइल्याण्ड र म्यानमार रहेका छन् । सो संगठनको हाल क्षेत्रीय निर्देशक पदमा भारतका डा .पुनम क्षेत्रपाल सिंह छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप