सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको ढुकुटीमा एक खर्ब नगद मौज्दात बढ्याे

बुधबार, १५ कात्तिक २०८०, ११ : ४७
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । केन्द्रीय बैँकका अनुसार पछिल्लो सयम सरकारी ढुकुटीमा १ खर्ब बढी नगद मौज्दात बढेको छ । बैंककाअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा अर्थात् असोज मसान्तसम्म सरकारी निक्षेप बढेर १ खर्ब ४८ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ पुगेको हो ।

यो गत असार मसान्तको तुलनामा  १ खर्ब ३ अर्ब २५ करोड ७६ लाख रुपैयाँले बढी हो ।  २०८० असार मसान्तसम्ममा विभिन्न बैंक खातामा गरी सरकारको नाममा जम्मा ४५ अर्ब ११ करोड ५७ लाख रुपैयाँ मात्र रहेको थियो ।

यो सबै स्थानीय तह, प्रदेश र केन्द्र सरकारको नाममा रहेको पैसा हो । अघिल्लो वर्ष ४ खर्ब रुपैयाँ बढी घाटाको बजेट कार्यान्वयन हुँदा शून्य सरप्लस (बजेट मौज्दात)का कारण चालु आर्थिक वर्षको खर्चमा दबाब परेको थियो । तर, चालु आर्थिक वर्षको शुरुदेखि नै राजस्वमा केहीँ सुधार आएसँगै सरकारी खातामा तरलता बढ्न गएको हो । 

तरलता सहज भएसँगै यता सरकारी खर्च, आर्थिक गतिविधिसँगै भौतिक पूर्वाधार विकास (पुँजीगत) खर्चमा सरकारलाई सहज भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप