‘महाजात्रा’ मा कस्तो होला विपिन र वर्षाको जोडी ?
काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी राम्रो जमेको छ । ‘कबड्डी ४’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ गरेर तीन फिल्म हिट दिएका यो जोडीलाई लिएर फिल्म बनाउनेको ताँती छ ।
केही जोडी यस्ता पनि जसले धेरै फिल्म एकसाथ काम गर्दा पनि जोडीको रुपमा जम्न सकेको छैनन् । ती मध्येको एक जोडी अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउतको पनि हो । यो जोडीको ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘गोपी’, ‘के घर के डेरा’ गरेर ४ फिल्ममा एकसाथ काम गरिसकेका छन् । तर जोडीका रुपमा भने यी कलाकार स्थापित हुन नसकेको देखिन्छ ।
विपिन र वर्षाको सहकार्य रहने ५ औं फिल्म ‘महाजात्रा’ को बुधबारबाट छायांकन सुरु भयो । काठमाडौँमा एक समारोहका बीच शुभमुर्हूत समेत गरिएको थियो । सोही कार्यक्रममा पत्रकारको विपिनलाई प्रश्न थियो– ‘वर्षासँगको जोडी नोटिस हुन नसक्नुको कारण के होला ? जवाफमा विपिनले आफुहरुले जोडी नोटिस हुने गरेर काम गर्न नसकेको बताए ।
विपीको कुरोमा वर्षाले पनि सहमति जनाइन् । थपिन्, ‘हामीले जोडीको रुपमा दर्शकको ध्यान केन्द्रित हुने जस्तो भूमिका नपाएको पनि हुनसक्छ ।’ आफूहरुले जति फिल्ममा काम गरेको भएपनि सबै फिल्ममा स्क्रिन शेयरिङ कम भएको बर्षाको धारणा रहेको थियो । वर्षाले विपिनसँगको जोडीको रुपमा ‘महाजात्रा’ले भने छाप छोड्ने बताइन् ।
‘महाजात्रा’ प्रदीप भट्टराइको निर्देशनमा बन्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण