सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

‘महाजात्रा’ मा कस्तो होला विपिन र वर्षाको जोडी ?

बुधबार, १५ कात्तिक २०८०, १६ : १७
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी राम्रो जमेको छ । ‘कबड्डी ४’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ गरेर तीन फिल्म हिट दिएका यो जोडीलाई लिएर फिल्म बनाउनेको ताँती छ ।

केही जोडी यस्ता पनि जसले धेरै फिल्म एकसाथ काम गर्दा पनि जोडीको रुपमा जम्न सकेको छैनन् । ती मध्येको एक जोडी अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउतको पनि हो । यो जोडीको ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘गोपी’, ‘के घर के डेरा’ गरेर ४ फिल्ममा एकसाथ काम गरिसकेका छन् । तर जोडीका रुपमा भने यी कलाकार स्थापित हुन नसकेको देखिन्छ ।

विपिन र वर्षाको सहकार्य रहने ५ औं फिल्म ‘महाजात्रा’ को बुधबारबाट छायांकन सुरु भयो । काठमाडौँमा एक समारोहका बीच शुभमुर्हूत समेत गरिएको थियो । सोही कार्यक्रममा पत्रकारको विपिनलाई प्रश्न थियो– ‘वर्षासँगको जोडी नोटिस हुन नसक्नुको कारण के होला ? जवाफमा विपिनले आफुहरुले जोडी नोटिस हुने गरेर काम गर्न नसकेको बताए । 

विपीको कुरोमा वर्षाले पनि सहमति जनाइन् । थपिन्, ‘हामीले जोडीको रुपमा दर्शकको ध्यान केन्द्रित हुने जस्तो भूमिका नपाएको पनि हुनसक्छ ।’ आफूहरुले जति फिल्ममा काम गरेको भएपनि सबै फिल्ममा स्क्रिन शेयरिङ कम भएको बर्षाको धारणा रहेको थियो । वर्षाले विपिनसँगको जोडीको रुपमा ‘महाजात्रा’ले भने छाप छोड्ने बताइन् ।
‘महाजात्रा’ प्रदीप भट्टराइको निर्देशनमा बन्न लागेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप