शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बागलुङमा पहिलोपटक पब्जी प्रतियोगिता हुँदै

बुधबार, १५ कात्तिक २०८०, १७ : ४६
बुधबार, १५ कात्तिक २०८०

पोखरा । बागलुङमा पहिलो पटक पब्जी प्रतियोगिता हुने भएको छ । काठेखोला गाउँपालिका ४ तंग्राममा हुने तिहार मेलामा पब्जी प्रतियोगिता गर्न लागिएको हो । कात्तिक २४ देखि ३० गतेसम्म स्थानीय प्रगतिशील युवा क्लबले पब्जीसँगै भलिवल प्रतियोगिता गर्ने जनाएको छ ।

पब्जी प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागि हुन ८ सय रुपैयाँ शुल्क तिर्नुपर्ने क्लबका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए । 

‘पब्जी खल्नेहरुले नै माग गर्नुभएको हो,’ उनले भने, ‘एकपटक प्रयोग गरौं न भनेर सुरु गरेको हो । अहिलेका युवाहरुमा क्रेज बढेको छ ।’ 

उनका अनुसार खुला वडास्तरीय भलिवल, सामूहिक नृत्य प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता, घैंटो फुटाउने प्रतियोगिता पनि हुनेछ । वडास्तरीय भलिवलको बिजेताले ५१ हजार र उपबिजेताले ३१ हजार पुरस्कार पाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप