बागलुङमा पहिलोपटक पब्जी प्रतियोगिता हुँदै
पोखरा । बागलुङमा पहिलो पटक पब्जी प्रतियोगिता हुने भएको छ । काठेखोला गाउँपालिका ४ तंग्राममा हुने तिहार मेलामा पब्जी प्रतियोगिता गर्न लागिएको हो । कात्तिक २४ देखि ३० गतेसम्म स्थानीय प्रगतिशील युवा क्लबले पब्जीसँगै भलिवल प्रतियोगिता गर्ने जनाएको छ ।
पब्जी प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागि हुन ८ सय रुपैयाँ शुल्क तिर्नुपर्ने क्लबका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए ।
‘पब्जी खल्नेहरुले नै माग गर्नुभएको हो,’ उनले भने, ‘एकपटक प्रयोग गरौं न भनेर सुरु गरेको हो । अहिलेका युवाहरुमा क्रेज बढेको छ ।’
उनका अनुसार खुला वडास्तरीय भलिवल, सामूहिक नृत्य प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता, घैंटो फुटाउने प्रतियोगिता पनि हुनेछ । वडास्तरीय भलिवलको बिजेताले ५१ हजार र उपबिजेताले ३१ हजार पुरस्कार पाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण