आर्सनल बाहिरिँदा लिभरपुल क्वार्टरफाइनलमा
लण्डन । वेस्ट ह्याम युनाइटेडसँग पराजित हुँदै आर्सनल काराबाओ कपबाट बाहिरिएको छ । बुधबार राति भएको खेलमा आर्सनल १–३ गोलले स्तब्ध बनेको हो ।
म्यानेजर मिकेल अर्टेटाले सुरुवाती ११ मा ६ वटा परिवर्तन गरेका थिए । जसले गर्दा टोलीले निराश खेल प्रदर्शन गरेको थियो । वेस्ट ह्यामको जीतमा बेन वाइटले आत्मघाती गोल गरे भने मोहामद कुडुस र बोवेनले एक–एक गाेल थपे ।
खेलको इन्जुरी समयमा मार्टिन ओडेगार्डले सान्त्वना गोल फर्काए । आर्सनलले लिग कप नजितेको ३० वर्ष पुगेको छ । वेस्ट ह्यामले भने क्वार्टरफाइनलमा लगातार तेस्रो सिजन लिभरपुलको सामना गर्नेछ ।

बुधबार नै भएको खेलमा लिभरपुलले बोर्नेमाउथलाई २–१ गोलले हरायो । खेलमा कोडी गाक्पोले ३१ औँ मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए ।
तर, ६४ औँ मिनेटमा जुस्टिन कुलाइभर्टले बोर्नेमाउथका लागि बराबरी गोल फर्काए । ६ मिनेटपछि डार्विन नुनेजले निर्णायक गोल गर्दै लिभरपुललाई जीत दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण