आर्सनल बाहिरिँदा लिभरपुल क्वार्टरफाइनलमा

लण्डन । वेस्ट ह्याम युनाइटेडसँग पराजित हुँदै आर्सनल काराबाओ कपबाट बाहिरिएको छ । बुधबार राति भएको खेलमा आर्सनल १–३ गोलले स्तब्ध बनेको हो ।
म्यानेजर मिकेल अर्टेटाले सुरुवाती ११ मा ६ वटा परिवर्तन गरेका थिए । जसले गर्दा टोलीले निराश खेल प्रदर्शन गरेको थियो । वेस्ट ह्यामको जीतमा बेन वाइटले आत्मघाती गोल गरे भने मोहामद कुडुस र बोवेनले एक–एक गाेल थपे ।
खेलको इन्जुरी समयमा मार्टिन ओडेगार्डले सान्त्वना गोल फर्काए । आर्सनलले लिग कप नजितेको ३० वर्ष पुगेको छ । वेस्ट ह्यामले भने क्वार्टरफाइनलमा लगातार तेस्रो सिजन लिभरपुलको सामना गर्नेछ ।
बुधबार नै भएको खेलमा लिभरपुलले बोर्नेमाउथलाई २–१ गोलले हरायो । खेलमा कोडी गाक्पोले ३१ औँ मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए ।
तर, ६४ औँ मिनेटमा जुस्टिन कुलाइभर्टले बोर्नेमाउथका लागि बराबरी गोल फर्काए । ६ मिनेटपछि डार्विन नुनेजले निर्णायक गोल गर्दै लिभरपुललाई जीत दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म