व्यक्तिगत कारणले विश्वकप छाडेर घर फकिए अस्ट्रेलियाका मिचेल मार्स
काठमाडौँ । जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएका अस्ट्रेलियन टोलीका अलराउन्डर मिचेल मार्स व्यक्तिगत कारणले स्वदेश फर्किएका छन् । उनी अस्ट्रेलियाको आगामी खेलमा टोलीमा सहभागी हुने छैनन् ।
जारी विश्वकपमा अस्ट्रेलियाले आगामी खेल इङ्ल्यान्डसँग खेल्नेछ । अस्ट्रेलिया र इङ्ल्यान्डबिचको खेल शनिबार अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने छ । क्रिकेट अस्ट्रेलियाले पनि ३२ वर्षीय मार्स व्यक्तिगत कारण घर फर्किएको समाचारको पुष्टि गरेको छ ।
अस्ट्रेलियन टोलीका अर्का प्रभावशाली खेलाडी ग्लेन म्याक्सवेल पनि इङ्ल्यान्डविरुद्धको खेलमा उपस्थित हुने छैनन् । उनी सोमबार गल्फ खेल्ने क्रममा घाइते भएका थिए । ‘मिचेल मार्स व्यक्तिगत कारणले घर फर्किएका छन् । उनी छिट्टै पुनः टोलीमा सहभागी हुन भारत फर्कने आशा गरेका छौँ,’ क्रिकेट अस्ट्रेलियाले भनेको छ ।
जारी विश्वकपको श्रीलंकाविरुद्धको खेलमा उनले ५२ रन बनाएका थिए । पाकिस्तानविरुद्धको खेलमा पनि उनले टोलीका लागि एक सय २१ रनको योगदान गरेका थिए । नेदरल्यान्ड्सविरुद्धको खेलमा उनले दुई विकेट लिएका थिए । जारी विश्वकप तालिकामा हालसम्म ६ खेल खेलेको अस्ट्रेलिया आठ अंकसहित तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण