आफैँ फिल्म बनाउने बोर्डको निर्णय विवादमा तानियो
काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी नियुक्त भएदेखि बोर्ड थुप्रै विवादमा मुछिएको छ । राष्ट्रिय अवार्डबाट उत्कृष्ट फिल्मको विधा गायब गराउनेदेखि फेष्टिभलको नाममा रकम स्वाहा पार्नेसम्म विवाद छन् ।
यस्तैमा बोर्डले फिल्म निर्माण गर्ने भनेर अर्को विवाद निम्त्याएको छ । फिल्म निर्माणका लागि ७५ लाख रुपैयाँ छुट्याएको सार्वजनिक भएपछि बोर्ड विवादमा तानिएको हो ।
फिल्मकर्मीहरुले बोर्डको यो निर्णयप्रति आपत्ति जनाइरहेका छन् । नीति निर्माण गरेर फिल्म क्षेत्रका समस्या समाधान गर्न भूमिका खेल्नुपर्ने बोर्ड आफैँ फिल्म निर्माण गर्न तम्सिनु दुर्भाग्यपूर्ण रहेको फिल्मकर्मीको धारणा छ ।
अभिनेता कृष्ण मल्लले फिल्म बनाउने बोर्डको निर्णय नियम र सिद्धान्त विपरीत रहेको बताएका छन् ।
पत्रकार ध्रुव लम्सालले सर्वोत्कृष्ट फिल्मको अवार्ड लुकाउने बोर्डले आफैँ फिल्म बनाउन लाग्नुलाई बोर्डमा पञ्चायती व्यवस्था आएको भनेर टिप्पणी गरेका छन् ।
निर्देशक मनोज पण्डितले बोर्डले फिल्म बनाउने होइन भनेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘चलचित्र मैत्री नीति बनाएर संसदबाट पारित गरी लागु गर । प्रशासनिक सहजीकरण गरिदेऊ । नयाँ र प्रयोगधर्मी सिनेकर्मीलाई उत्प्रेरणा देऊ तर आफैँ सिनेमा बनाउँछु भन्ने निर्णय नगर ।’
समीक्षक तथा फिल्मका लेखक सामीप्यराज तिमल्सिनाले ‘सकाएरै छाड्ने भए’ भन्दै बोर्डको निर्णयप्रति आपत्ति जनाएका छन् ।
सामाजिक संजालमा भुवनले आफ्नो छोरालाई खेलाउन बोर्डबाट फिल्म बनाएर खेलाउन लागेको भन्दै विभिन्न ब्याङ्ग्य गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण