शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विशेषको फैसालाविरुद्ध सर्वोच्चमा पुनरावेदन

शुक्रबार, १७ कात्तिक २०८०, २२ : ३८
शुक्रबार, १७ कात्तिक २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा दायर गरेका विभिन्न मुद्दामा उक्त अदालतबाट भएका फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी भएकामा आयोगले पर्यटन कार्यालय जनकपुरका ओभरसेयर ओमप्रकाश यादव, अजयकुमार यादव र अनिरुद् मण्डलले भ्रष्टाचार गरेकामा विशेष अदालतले गरेको निर्णयमा पुनरावेदनका लागि सर्वोच्चमा निवेदन दिएको आयोगले आज जनाएको छ ।

त्यसैगरी आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेशगरी भ्रष्टाचार गरेकी नेपाल राष्ट्रिय कन्या प्राथमिक विद्यालयकी शिक्षक उर्मिला देवीलाई विशेष अदालतले सफाई दिएकामा त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप