इजरायलमा आक्रमण
आनन्दको शव पुग्दा भावविह्वल बन्यो सपही, तस्बिरहरू
शनिबार, १८ कात्तिक २०८०, १७ : ४६
_92OAknDsH3.jpg)
जनकपुरधाम । इजरायलमा चरमपन्थी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका आनन्द साहको शव उनको घर लगिएको छ ।
नेपाली सेनाको विशेष विमानबाट उनको शव शनिबार अपराह्न ४ बजेर ३० मा जनकपुरधाम विमानस्थलमा आइपुगेको थियो । विमानस्थल नेपाली सेनाकै टोलीले स्कर्टिङ गरेर आनन्दको शवलाई उनको घर सपही लगेको हो । शव सपही पुग्दा गाउँ भावविह्वल बनेको थियो ।
उनको शवलाई आजै दाहसंस्कार गर्ने तयारी गरिएको छ । हिजै शव आइपुग्ने तय भए पनि केही कारणवश आज बिहानै ९ आउने भनिएको थियो । तर जाजरकोटमा गएको भूकम्पमा नेपाली सेनाको टोली उद्धारमा खटिदा उनको शव आउन ढिलाइ भएको थियो । आज बिहान शव नआउँदा स्थानीयहरूले प्रदर्शन समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म