इजरायलमा आक्रमण
आनन्दको शव पुग्दा भावविह्वल बन्यो सपही, तस्बिरहरू
शनिबार, १८ कात्तिक २०८०, १७ : ४६
जनकपुरधाम । इजरायलमा चरमपन्थी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका आनन्द साहको शव उनको घर लगिएको छ ।
नेपाली सेनाको विशेष विमानबाट उनको शव शनिबार अपराह्न ४ बजेर ३० मा जनकपुरधाम विमानस्थलमा आइपुगेको थियो । विमानस्थल नेपाली सेनाकै टोलीले स्कर्टिङ गरेर आनन्दको शवलाई उनको घर सपही लगेको हो । शव सपही पुग्दा गाउँ भावविह्वल बनेको थियो ।
उनको शवलाई आजै दाहसंस्कार गर्ने तयारी गरिएको छ । हिजै शव आइपुग्ने तय भए पनि केही कारणवश आज बिहानै ९ आउने भनिएको थियो । तर जाजरकोटमा गएको भूकम्पमा नेपाली सेनाको टोली उद्धारमा खटिदा उनको शव आउन ढिलाइ भएको थियो । आज बिहान शव नआउँदा स्थानीयहरूले प्रदर्शन समेत गरेका थिए ।
_Klyr2aM74g.jpg)
_nIpm3QbeJh.jpg)
_ekR8NoKche.jpg)
_B1jR89a7Fe.jpg)
_QAUoQGXBth.jpg)
_osRMtwHmv9.jpg)
_aGw6x21Qwm.jpg)
_9sukIqt2PV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण