बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध लागूऔषधसहित चार जना पक्राउ

शनिबार, १८ कात्तिक २०८०, २१ : १०
शनिबार, १८ कात्तिक २०८०

काठमाडौँ । जुम्ला र मकवानपुरबाट नेपाल प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । जुम्लाको चन्दननाथ नगरपालिका(४ बस्ने ४७ वर्षीय श्री सार्की रम्तेललाई अवैध लागूऔषध चरेस ३ ग्राम २ सय ९० मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

 रम्तेलले आफ्नै घरमा संचालन गरेको खुद्रा पसलमा लागूऔषध चरेस बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको बताइएको छ । साथै पसलमा बसिरहेका सोही ठाउँ बस्ने २१ वर्षीय रूबिन मल्ललाई ७ सय ६० मिलिग्राम अवैध लागूऔषध चरेससहित फेला पारी प्रहरीले पक्राउ गरेको छ ।

यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका(१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका(१२ नौरङगे बस्ने ३३ वर्षीय विशाल दराई र सोही महानगरपालिका(९ बस्ने २३ वर्षीय अमृत दुरा रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा।प्र।(०३(००१ख १७२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप