भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणका लागि अखिल क्रान्तिकारीले उपाध्यक्षको कमाण्डमा टोली खटाउने
काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीले कर्णालीका भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा सहयोग पुर्याउन उपाध्यक्षको नेतृत्वमा तीनवटा कमाण्ड बनाएको छ । आइतबार विहान केन्द्रीय कार्यालय बागबजारमा बसेको केन्द्रीय समिति बैठकले भूकम्पको इपिसेन्टर रहेको जाजरकोट, रुकुमपश्चिम लगायत प्रभावित क्षेत्रमा टोली घटाउने निर्णय गरेको अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।
उनकाअनुसार उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा रहेको टोलीले उपत्यकामा राहत संकलन गर्नेछ । मदन भुल नेतृत्वको टोली रुकुम खटिनेछ । अम्मरराज शाहीको नेतृत्वको टोली जाजरकोट खटिनेछ । टोलीमा १००÷१०० जना रहने सिंहले बताइन् । ‘पुनर्निमाणका लागि भनेर उपाध्यक्षको कमाण्डमा तीनवटा टोली खटाउने निर्णय गरेका छौं । पवनजीको कमाण्डले उपत्यकामा राहत संकलन गर्ने छ । मदन भुलको टोली रुकुम र अम्बरराज शाहीको टोली जाजरकोट जानेछन्’, उनले बताइन् ।
जाजरकोट भूकम्पबाट बढी प्रभावित क्षेत्र भएकाले थप जनशक्ति खटाउने उनले बताइन् । कार्यक्षेत्रमा टोली सोमबारबाट खटिने उनले जानकारी दिइन् । यस्तै प्रभावित क्षेत्रका पीडितहरूमा रगतको अभाव नहोस् भनेर अनेरास्ववियुले रक्तदान कार्यक्रम सञ्चालन गरेको बताइन् । अनेरास्ववियुले काठमाडौंको महाराजगञ्ज, बाँकेको नेपालगञ्ज र सुर्खेतमा रक्तदान कार्यक्रम भएको उनले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण