सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एड्भान्स बूकिङमा पठानलाई मात दिन सक्ला टाइगरले ?

आइतबार, १९ कात्तिक २०८०, १७ : ५६
आइतबार, १९ कात्तिक २०८०

मुम्बई । सलमान खान र कटरीना क्याफको टाइगर ३ रिलिज हुन केही दिन मात्रै बाँकी छ । दिवालीमा यो फिल्म रिलिज हुँदैछ । फिल्ममा कटरीना बाहेक इमरान हाशमी पनि लिड रोलमा छन् । यो फिल्मको हिन्दीबाहेक तमिल र तलुगुमा पनि डब भर्जन पनि बजारमा आउँदैछ ।

यशराज फ्लिम्सको स्पाई युनिभर्स टाइगर ३ ले बक्स अफिसमा पठान, जवान र गदर २ जस्ता फिल्मलाई माथ देला त ? यो भने हेर्न बाँकी नै छ । तर दर्शकहरुमा फिल्मको उत्साहजनक क्रेज देखिएको छ । फिल्मको एड्भान्स बुकिङले पनि त्यस्तै भन्छ । फिल्मको एड्भान्स बुकिङको शुरुआत शानदान देखिएको छ । मिडिया रिपोर्ट्सका अनुसार एड्भान्स बूकिङ शुरु भएको पहिलो दिन केही घण्टामै फिल्मले एक करोडभन्दा बढीको कलेक्शन गरेको छ । फिल्मको बुकिङ जारी छ ।

फ्यानहरुबीच यो फिल्मको उत्साह गज्जबको देखिएको छ । यो फिल्ममा शाहरुख खानको क्यामियो छ । अर्थात् दर्शकले एक पटक फेरि यी दुईलाई एउटै स्क्रिन देख्न पाउनेछन् । शाहरुखको पठानको एड्भान्स बुकिङ ५० करोड रुपयाँ भन्दा धेरै थियो । एड्भान्स बुकिङमा जवानले पठानलाई उछिनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप