एड्भान्स बूकिङमा पठानलाई मात दिन सक्ला टाइगरले ?
मुम्बई । सलमान खान र कटरीना क्याफको टाइगर ३ रिलिज हुन केही दिन मात्रै बाँकी छ । दिवालीमा यो फिल्म रिलिज हुँदैछ । फिल्ममा कटरीना बाहेक इमरान हाशमी पनि लिड रोलमा छन् । यो फिल्मको हिन्दीबाहेक तमिल र तलुगुमा पनि डब भर्जन पनि बजारमा आउँदैछ ।
यशराज फ्लिम्सको स्पाई युनिभर्स टाइगर ३ ले बक्स अफिसमा पठान, जवान र गदर २ जस्ता फिल्मलाई माथ देला त ? यो भने हेर्न बाँकी नै छ । तर दर्शकहरुमा फिल्मको उत्साहजनक क्रेज देखिएको छ । फिल्मको एड्भान्स बुकिङले पनि त्यस्तै भन्छ । फिल्मको एड्भान्स बुकिङको शुरुआत शानदान देखिएको छ । मिडिया रिपोर्ट्सका अनुसार एड्भान्स बूकिङ शुरु भएको पहिलो दिन केही घण्टामै फिल्मले एक करोडभन्दा बढीको कलेक्शन गरेको छ । फिल्मको बुकिङ जारी छ ।
फ्यानहरुबीच यो फिल्मको उत्साह गज्जबको देखिएको छ । यो फिल्ममा शाहरुख खानको क्यामियो छ । अर्थात् दर्शकले एक पटक फेरि यी दुईलाई एउटै स्क्रिन देख्न पाउनेछन् । शाहरुखको पठानको एड्भान्स बुकिङ ५० करोड रुपयाँ भन्दा धेरै थियो । एड्भान्स बुकिङमा जवानले पठानलाई उछिनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण