नक्कली नोट र फोटोकपी मेसिनसहित काठमाडौँबाट युवक पक्राउ
सोमबार, २० कात्तिक २०८०, १३ : २४
काठमाडौँ । काठमाडौँबाट नक्कली नोट र फोटोकपी मेसिनसहित एक जना युवक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-६ सरस्वती नगरबाट महांकाल डेरा गरी बस्ने डोल्पाका २९ वर्षीय कार्मा लुप्डुप गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको बताइएको छ । उनको कोठाबाट १ हजार दरको २ सय २५ थान नक्कली नोट, नक्कली नोट फोटोकपी गर्ने मेसिन १ थान, डिजिटल तराजु १ थान, नगद २६ हजार ८ सय रुपैयाँ, ल्यापटप १ थान र नोट छाप्न प्रयोग हुने मसीको बट्टा ४ थान बरामद भएको छ । यस सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण