सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली नोट र फोटोकपी मेसिनसहित काठमाडौँबाट युवक पक्राउ

सोमबार, २० कात्तिक २०८०, १३ : २४
सोमबार, २० कात्तिक २०८०

काठमाडौँ ।  काठमाडौँबाट नक्कली नोट र फोटोकपी मेसिनसहित एक जना युवक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-६ सरस्वती नगरबाट महांकाल डेरा गरी बस्ने डोल्पाका २९ वर्षीय कार्मा लुप्डुप गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको बताइएको छ । उनको कोठाबाट १ हजार दरको २ सय २५ थान नक्कली नोट, नक्कली नोट फोटोकपी गर्ने मेसिन १ थान, डिजिटल तराजु १ थान, नगद २६ हजार ८ सय रुपैयाँ, ल्यापटप १ थान र नोट छाप्न प्रयोग हुने मसीको बट्टा ४ थान बरामद भएको छ ।  यस सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप