एकदिवसीयको इतिहासमै पहिलो पटक अनौठो तरिकाले आउट भए म्याथ्युज
काठमाडौँ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै पहिलो पटक सोमबार श्रीलंकाली ब्याट्सम्यान एन्जेलो म्याथ्युज फरक तरिकाले आउट भएका छन् । आईसीसी एकदिवसीय विश्वकपको सोमबार खेलिएको बंगलादेश र श्रीलंकाबिचको खेलका क्रममा म्याथ्युजलाई फरक तरिकाले आउट दिइएको हो ।
दिल्लीस्थित अरुण जुट्ली स्टेडियममा म्याथ्युजलाई ‘टाइम आउट’ घोषणा गरिएको हो । यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यानलाई यस्तो आउट दिइएको थिएन । श्रीलंकाली ब्याट्सम्यान सदिरा सामराविरा आउट भएपछि अर्को ब्याट्सम्यान म्याथ्युजले मैदानभित्र प्रवेश गर्न विलम्ब गरेकाले उनलाई पनि आउट दिइएको हो ।
आईसीसीको नियमअनुसार, एउटा ब्याट्सम्यान आउट भएको तीन मिनेटभित्र अर्को ब्याट्सम्यान मैदानभित्र प्रवेश गरिसक्नु पर्ने हुन्छ । त्योभन्दा ढिलो मैदान प्रवेश गर्ने ब्याट्सम्यानलाई टाइम आउट दिइन्छ । सोही प्रावधान अनुसार म्याथ्युजलाई आउट दिइएको हो । यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो आउट दिइएको थिएन । यो आउटको श्रेय बलरलाई भने दिइँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण