सभामुखको निर्देशनपछि राज्यव्यवस्था समितिको टोली भूकम्प प्रभावित क्षेत्रमा जाने
काठमाडौँ । भूकम्प प्रभावित जिल्लामा भइरहेको राहत, उद्धार र उपचारको अवस्थाबारे बुझ्न राज्य व्यवस्था तथा सुशासन समितिको टोली बुधबार जाजरकोट र पश्चिम रुकुम जाने भएको छ ।
समितिका सभापति रामहरि खतिवडाको नेतृत्वमा ९ सदस्यीय टोली जाने तयारी भएको छ । सभामुख देवराज घिमिरेले समितिका सभापति रामहरि खतिवडालाई भूकम्प पीडितको अवस्था बुझ्न संसदीय टोली पठाउन निर्देशन दिएका थिए ।
सभामुखको निर्देशन लगत्तै सभापति खतिवडाले ९ सदस्यीय टोली जाजरकोट र पश्चिम रुकुमको स्थलगत अनुगमनमा जाने निर्णय लिएका थिए । सभामुख घिमिरेले राज्य कोषबाट भ्रमण भत्तालगायतका अतिरिक्त सेवा सुविधासमेत नलिई अनुगमनमा जान निर्देशन दिएका थिए ।
‘संसदको नियमित अधिवेशन समेत अन्त्य भएको अवस्था छ, जनताको आवाज संसदमा पुग्ने अवस्था छैन,’ सभामुखले खतिवडालाई निर्देशन दिँदै भनेका थिए, ‘सरकारलाई सुशासन, शान्ति सुरक्षा, कानुनी शासनको स्थापनालगायत विभिन्न गतिविधिहरुमा आवश्यक सल्लाह, सुझाव तथा निर्देशन दिने कार्यक्षेत्र भएका नाताले तपाईंहरु प्रभावित क्षेत्रमा जानुहोला ।’
समिति सभापति खतिवडाले अनुगमन टोली सर्वपक्षीय हुने जानकारी दिए । अनुगमनमा समिति सभापति खतिवडासँगै सांसदहरु गगन थापा, विश्वप्रकाश शर्मा, हृदय रामथानी, कृष्णगोपाल श्रेष्ठ, रवि लामिछाने, बुद्धिमान तामाङ, सर्वेन्द्रनाथ शुक्ल, चित्रबहादुर केसीलगायत जाने निर्णय भएको छ ।
सभापति खतिवडाले जहाज तथा यातायात खर्चसमेत व्यक्तिगत तवरबाटै गर्ने जानकारी दिए । उनले सानो र छरितो टिम आफ्नै खर्चमा अनुगमनमा जाने निर्णय लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण